बैंकको निक्षेपभन्दा कर्जामा धेरै वृद्धि


चालु आर्थिक वर्ष २०८१–८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूको निक्षेपको तुलनामा कर्जा वृद्धि धेरै देखिएको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको निक्षेप ४.२१ प्रतिशतले बढ्दा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको हो। गत असारमा बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब रूपैयाँबाट बढेर ५९ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, कर्जा ४५ खर्ब ७० अर्बबाट बढेर ४८ खर्ब २७ अर्ब पुगेको हो।

यो अवधिमा सबैभन्दा निक्षेपभन्दा धेरैले कर्जा विस्तार गर्नेमा सात वाणिज्य बैंक छन्।एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको कर्जाको वृद्धिदर निक्षेपको तुलनामा धेरै छ।

एभरेष्ट बैंकको निक्षेप ११ प्रतिशत (२७ अर्ब रूपैयाँ)ले बढेर दुई खर्ब ६१ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी १८.४० प्रतिशत (३४ अर्ब रूपैयाँ) ले बढेर दुई खर्ब २० अर्ब रूपैयाँ पुगेको छग्लोबल आइएमई बैंकको निक्षेप ४.८१ प्रतिशत (२४ अर्ब रूपैयाँ) ले बढेर ५ खर्ब २९ अर्ब पुगेको छ। बैंकको कर्जा लगानी १०.३८ प्रतिशत (४० अर्ब रूपैयाँ)ले बढेर ४ खर्ब ३१ अर्ब पुगेको छ।

सिटिजन्स बैंकको निक्षेप ४.८५ प्रतिशत (नौ अर्ब रूपैयाँ) ले बढेर दुई खर्ब पुगेको छ। बैंकको कर्जा लगानी सात प्रतिशत (११ अर्ब रूपैयाँ)ले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ।हिमालयन बैंकको निक्षेप एक प्रतिशत (तीन अर्ब रूपैयाँ) ले बढेर तीन खर्ब पुगेको छ। बैंकको कर्जा लगानी १.५० प्रतिशत (तीन अर्ब रूपैयाँ)ले बढेर २ खर्ब ५० अर्ब पुगेको छ।

लक्ष्मी सनराइज बैंकको निक्षेप ४.०९ प्रतिशत (१३ अर्ब रूपैयाँ) ले बढेर तीन खर्ब ४७ अर्ब पुगेको छ। बैंकको कर्जा लगानी ८.८८ प्रतिशत (२२ अर्ब रूपैयाँ)ले बढेर दुई खर्ब ८१ अर्ब पुगेको छ।माछापुच्छ्रे बैंकको निक्षेप ४.३४ प्रतिशत (सात अर्ब रूपैयाँ) ले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ। बैंकको कर्जा लगानी ९.५९ प्रतिशत (१२ अर्ब रूपैयाँ)ले बढेर एक खर्ब ४३ अर्ब पुगेको छ।

सिद्धार्थ बैंकको निक्षेप भने ०.६५ प्रतिशत (एक अर्ब रूपैयाँ) ले घटेर दुई खर्ब ४३ अर्बमा सीमित भएको छ। बैंकको कर्जा लगानी ६.३९ प्रतिशत (१३ अर्ब रूपैयाँ)ले बढेर दुई खर्ब १६ अर्ब पुगेको छ।एनआइसी एसियाको भने निक्षेप र कर्जा दुवै घटेको छ। 

बैंकको निक्षेप १६ प्रतिशत (५८ अर्ब रूपैयाँ)ले घटेर तीन खर्ब दुई अर्बमा सीमित भएको छ। त्यस्तै, बैंकको कर्जा ११.५२ प्रतिशत (३२ अर्ब रूपैयाँ) ले घटेर दुई खर्ब ५२ अर्बमा सीमित भएको छ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...