राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड
रूपन्देही
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले अब १० बर्षको समीक्षा आबश्यक रहेको बताउदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आबश्यक रहेको बताए ।
“संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो । ” पूर्व प्रधानमन्त्री प्रचण्डले भने । माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आसा जन्माएको बताए । झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन बिकासका समस्या नजिक बाट बुझ्ने अबसर प्राप्त गरेको बताए । यो सरकारलाइ दब...








