देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री



काठमाडौँ
गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् ।

जेनजी शहीदहरूको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति लामिछानेले आफूलाई दिएको जिम्मेवारीप्रति इमानदार रहने बताएका हुन् ।

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जुन विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।
उनले आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारीबाट हटाउने अवस्था सिर्जना हुन अर्को गोली चल्नुपर्ने दाबी गरे । देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको जिकिर थियो ।

‘तपाईँहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईँहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...