सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने


तस्बिरः रासस

काठमाण्डौ – नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ ।

उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच,  कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् ।

यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेको थियो ।

साथै सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...