राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड


रूपन्देही

 राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले अब १० बर्षको समीक्षा आबश्यक रहेको बताउदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आबश्यक रहेको बताए ।

“संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो । ” पूर्व प्रधानमन्त्री प्रचण्डले भने । माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आसा जन्माएको बताए  । झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन बिकासका समस्या नजिक बाट बुझ्ने अबसर प्राप्त गरेको बताए ।  यो सरकारलाइ दबाब दिने उद्देश्यले अभियानमै रहेको प्रचण्डको भनाइ थियो ।

यो सरकार असम्बैधानिक छ भन्ने माओवादीको आरोप रहेको प्रचण्डले बताए । सरकार असम्बैधानिक छ त्यो सहि छ भन्ने हाम्रो दाबी छ । यो सरकार अपारदर्शी छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने,  यो षड्यन्त्र पूर्ण बनेको सरकार हो । रातको अंध्यारोमा बन्यो । यसको जन्म नै अप्राकृतिक छ। भ्रष्टाचार दलाल र बिचौलियाको पहलमा बनेको सरकार हो ।

कांग्रेस भित्र असन्तुष्टि बिरोध आक्रोश देखिएको बताउंदै प्रचण्डले एमाले भित्र आक्रोश भएको बताउंदै यो सरकार जति टिक्छ त्यति जनताबाट आलोचित बन्दै जाने बताए । शिक्षकको आन्दोलन दबाउने तल्लो स्तरको भासा प्रयोग भएको छ । सबै आन्दोलनमा पार्टीपनि कुनै न कुनै सडकमा छन् । त्यसैले मैले राजनीतिक विशेषणका आधारमा भनेको हो । प्रचण्डले भन्नुभयो मलाई सरकारमा नभएर कुन्ठा भनिन्छ त्यस्तो नभएको उनको भनाइ थियो ।

सरकार ढाल्न कुनै हतार नभएको बताउनुहुंदै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने हामी जनताको बिचमा छौं । यो हामीलाई ठुलो अबसर र चुनौती हो ।जनताका पीडा जनताकै बिचमै सुनेका छौं ।  जनताका बिचमा सदैब माओवादी रहेकाले यो सरकार ढाल्न हतार छैन प्रचण्डले भने,  “यो सरकार देशका लागि दुर्भाग्य हो । हामी सरकारलाई खबरदारी गरेका छौं । आफ्नै बोझ सरकारले धान्न सक्दैन । नेपालीका लागि बोझ भएको छ ।”

कार्यक्रममा पूर्ब उप रास्ट्रपति नन्द बहादुर पुन पासाङ, पूर्व सभामुख कृष्ण बहादुर महरा, पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा, नेकपा माओवादीका महासचिव देब गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...