Author: संचार पत्र

शिक्षा विधेयक उपसमितिले बुझायो प्रतिवेदन

शिक्षा विधेयक उपसमितिले बुझायो प्रतिवेदन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्वरबहादुर थापालाई उपसमितिको प्रतिवेदन हस्तान्तरण गरे । संयोजक विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार गरेको बताए । उनका अनुसार १०१ दफामा परिमार्जन गरिएको, १३ वटा नयाँ दफा थप गरिएको, ४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरूपमा टुङ्गोमा पुर्‍याइएको छ । दफावार छलफलका क्रममा उपसमितिमा निजी लगानीका विद्यालयहरूको नियमन र निश्चित समय तोकी गुठीमा रुपान्तरित हुने व्यवस्था लगायतका सन्दर्भ, प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय शिक्षाको अंग मान्ने र यसलाई दुई वर्षको बना...
सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर प्रयोग गर्न पनि चाहन्नौं । त्यसो हुँदा हाम्रो जस्तो विकाशसील देशहरूका निम्ति सफ्ट पावरहरू धेरै महत्वपूर्ण हुन्छ । त्यसभित्र संस्कृति, पर्यटन लगायत हुन्छन्, आफ्ना केही पहिचानहरू पनि पर्छन् । यसभित्र त्यो देशले खेल्न सक्ने भूमिका हुन्छन् । यी विभिन्न कुराले कूटनीतिमा सफ्ट पावरको, सौम्य शक्तिको भूमिका खेल्छन् । एक किसिमले भन्ने हो भने, नेपाल सबैका निम्ति स्वीकार्य देश हो । हाम्रो कसैसँग वैमनश्य छैन, कसैसँग कटुता छैन । जतिबेला म परराष्ट्रमन्त्री थिएँ, त्यसबेला सरकार...
सैनामैना रुपन्देहीमा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं

सैनामैना रुपन्देहीमा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
सैनामैना रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस सोरौली मा कार्यक्रम हुने भएको हो । निर्वाण कानूनी समाजको आयोजना र श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना, ८ को मुख्य प्रायोजकमा हुने कार्यक्रममा युवाहरूको धारणा प्रस्तुत हुने छ । जनताको अमूल्य मतदानले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो गाउँ समाजको लागि उत्कृष्ट नीति एवं त्यसैअनुसारको बजेट ल्याउनुपर्छ भन्ने कुराको महसुुस गराउन कार्यक्रम आयोजना गरिएको निर्वाण कानूनी समाजले जनाएको छ । नीति बहस कार्यक्रम कुनै प्रतिस्पर्धा नभई नितान्त सैनामैनाको नीतिलाई राम्रो बनाउने उदेश्यले आयोजना गरिएको नीति प्रस्तुतिकरण गर्ने कार्यक्रम हो । नीति बहस कार्यक्रमको ...
रकम अनियमितता प्रकरण : अध्यक्ष निलम्बन

रकम अनियमितता प्रकरण : अध्यक्ष निलम्बन

Breaking news 2, समाचार
लोक प्रसाद छन्त्याल जेठ ०५ गुल्मी नेपाल आदिवासी/जनजाति अल्पसंख्यक छन्त्याल संघको केन्द्रीय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याल रकम अनियमितता प्रकरणमा निलम्बित भएका छन्। संघको केन्द्रीय पूर्ण बैठकले अध्यक्ष बुढाथोकीलाई २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ संस्थाको नियमविपरीत हिनामिना गरेको ठहर गर्दै उनलाई निष्क्रिय बनाउँदै निलम्बन गरेको हो। मनमोहन छन्त्याल २०७८ सालमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट प्रतिपक्ष उम्मेदवारका रूपमा बहुमत प्राप्त गर्दै निर्वाचित भएका थिए। अध्यक्षको निलम्बनपछि, फागुन १७ गते बसेको केन्द्रीय पूर्ण बैठकले वरिष्ठ महिला उपाध्यक्ष मनमया भलन्जा छन्त्याललाई सर्वसम्मतिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। साथै, आगामी अधिवेशन सम्पन्न गर्ने संयोजकको भूमिका पनि उनलाई सुम्पिएको छ। कार्यवाहक अध्यक्ष मनमयाले संस्थागत निर्णय विना र पदाधिकारीलाई जानकारी नदिई अध्यक्ष बु...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण

Breaking news 2, राजनीति, समाचार
रुपन्देही भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्। यसअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए। भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए। त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाणलाई संयोजक तोकिएको हो। उपसमितिको आइतबारकै बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए। सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृ...
प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद् दामोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे । सांसद दीपक गिरीले सगरमाथा संवादले जलव...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचि...
आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परिरहेको छ। जसका कारण आज आइतबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपात सम्भावना देखिएको छ। मौसम महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्य...
एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल नगरको अध्यक्षमा विष्णु ज्ञवाली

एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल नगरको अध्यक्षमा विष्णु ज्ञवाली

Breaking news 3, स्थानीय
बुटवल एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल उपमहानगर समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । बुटबलको नवीन औद्याेगिक कदर बहादुर रिता माविमा सम्पन्न अधिवेशनबाट विष्णु ज्ञवालीको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षकको पेशागत हकहितका लागि निर्वाचित संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औल्याए। बरालले शिक्षा ऐन लगायतका शिक्षकका पेशागत हक हितमा शिक्षकले आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकोमा संगठनलाई धन्यवाद दिए। नवनिर्वाचित अध्यक्ष विष्णु ज्ञवालीले पदभार ग्रहण गर्दै संगठनलाई चुस्त बनाउँदै आम शिक्षकहरूको भरपर्दो र विश्वासिलो संगठन बनाउने र रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए। शिक्षक संगठन नगरका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एकीकृत ...
दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाज, सम्पादकिय
पोखरा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् । गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजु...