मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?



काठमाडौँ
मंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार वडा नम्बर ३ मा केही घर भत्किएको र चर्किएको पाइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मुस्ताङका आसपासका जिल्लासहित काठमाडौंमा समेत महसुस भएको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । उनले भनिन्, ‘मानवीय क्षति भएको छैन । भौतिक संरचनामा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ । एकीकृत विवरण आइसकेको छैन । लोमन्थाङमा केही घरहरू भत्किएको खबर छ ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामचन्द्र तिवारीले लोमन्थाङमा प्राय: माटोका घरहरू भएकाले चर्किएको बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरूसँग प्रहरी टोली फिल्डमै खटिएर क्षतिको विवरण संकलन गरिरहेको छ । कोही घाइते भएको खबर छैन ।’

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार लोमन्थाङ-३ फुवा गाउँमा मान्छे नबस्ने एउटा घर भत्किएको छ । त्यस्तै एउटा गुम्बाको पर्खाल र एउटा विद्यालयमा समेत क्षति पुगेको छ । ‘वडा नम्बर ३ मा धेरै घर चर्किएका छन् । १,२, ४ र ५ नम्बर वडामा पनि घरहरू चर्किएका छन् । करिब ४/५ सय घरहरू चर्किएका छन् होला,’ अध्यक्ष गुरुङले भने,’धेरै घरहरू बस्न नमिल्ने गरी चर्किएका छन् ।’

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...