भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण


रुपन्देही

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्।

यसअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए।

भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए।

त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाणलाई संयोजक तोकिएको हो।

उपसमितिको आइतबारकै बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए।

सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए। त्यसपछि भट्टराईले मन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु हुँदैन भनेर प्रश्न उठेकाले समितिमा नरहने जानकारी गराएका थिए।

उपसमितिको नयाँ संयोजक चयन गर्ने बैठकमा एमाले सांसद भट्टराई र रास्वपा सांसद झा भने अनुपस्थित थिए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...