सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति


कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ ।

हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर प्रयोग गर्न पनि चाहन्नौं । त्यसो हुँदा हाम्रो जस्तो विकाशसील देशहरूका निम्ति सफ्ट पावरहरू धेरै महत्वपूर्ण हुन्छ । त्यसभित्र संस्कृति, पर्यटन लगायत हुन्छन्, आफ्ना केही पहिचानहरू पनि पर्छन् । यसभित्र त्यो देशले खेल्न सक्ने भूमिका हुन्छन् । यी विभिन्न कुराले कूटनीतिमा सफ्ट पावरको, सौम्य शक्तिको भूमिका खेल्छन् ।

एक किसिमले भन्ने हो भने, नेपाल सबैका निम्ति स्वीकार्य देश हो । हाम्रो कसैसँग वैमनश्य छैन, कसैसँग कटुता छैन । जतिबेला म परराष्ट्रमन्त्री थिएँ, त्यसबेला सरकारको नीति नै ‘कसैसँग छैन शत्रुता, सबैसँग मित्रता’ भन्ने थियो । त्यो नै हाम्रो मूल नारा थियो ।

त्यो स्थितिमा नेपालको पहिचान अन्तर्राष्ट्रिय रूपमा कसरी बढाउन सक्छौं भन्नेमा हामीले छलफल गरेका थियौं । त्यसका लागि के-के माध्यमहरू हुन सक्छन् भन्नेमा निकै पटक छलफल भएपछि एउटा निष्कर्षमा पुगेका थियौं कि, एउटा यस्तो स्थायी फोरमको निर्माण गरौं, जसमा हामीले एकातिर हाम्रा कुरा पनि संसारसँग सुनाउन सकियोस् । र, अर्कातिर संसारसँग साझेदारी पनि गर्न सकियोस् ।

यो हिसाबले छलफल गर्दै जाँदा हामीले सगरमाथा संवादको परिकल्पना गरेका थियौं । भारतले रायसिना डायलग गर्छ । सिंगापुरले सांग्रिला डायलग, चीनले बोआओ फोरम, स्वीजरल्यान्डको डाभोस फोरम छ ।

त्यस्ता विभिन्न अनुभवलाई समेत ध्यानमा राखेर एउटा स्थायी फोरमको रूपमा यसलाई अघि बढाउने निष्कर्षमा पुगेका थियौं । यसलाई देशको सौम्य शक्तिको संयन्त्रको रूपमा विकास गर्नका लागि हामीले त्यो संवादको परिकल्पना गरेका थियौं ।

यसको नाम पनि किन सगरमाथा संवाद भनेर नेपालीमा राखियो भन्नुका पछाडि अर्थ छ । अन्तर्राष्ट्रिय रूपमा गर्ने भएपछि ‘एभरेस्ट डायलग’ पनि भन्न सकिन्थ्यो होला । तर जब हामीले यसमार्फत आफ्ना कुरा राख्छौं, नेपालीपन दिन खोजिरहेका छौं भने सगरमाथा संवाद नै भनौं भनेर यसको नामकरण सगरमाथा संवाद गरिएको थियो । त्यसपछि यसको पहिलो शृंखला जलवायु परिवर्तनमा केन्द्रित गर्ने निर्णय गर्‍यौं ।

तर, त्यसअनुसार सबै तयारी पूरा भइसकेको थियो । आफ्ना कुराहरू विश्व समुदायलाई सुनाउने गरी पहिलो शृंखला २०२० को अप्रिल २ देखि ४ सम्म गर्ने तयारी थियो । त्यसबेलै हामीले यसको मुख्य विष्यवस्तु ‘जलवायु परिवर्तन, पर्वतीय मुलुकहरू र मानव जातिको भविष्य’ तोकेका थियौं ।

तर, त्यही बेला संसारभरि कोरोना भाइरसको महामारी फैलियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि उच्च जोखिममा राखेपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गर्नुपर्‍यो । त्यसबेला जम्मा २० दिन अगाडि मैले कार्यक्रम रद्द गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थिएँ ।

पछि सरकार परिवर्तन भयो, पछिल्लो सरकारहरूले गर्छौं त भने तर त्यति प्राथमिकता पाएन । हामीकहाँ अलिअलि राजनीतिक खिचातानी, प्रतिशोध जस्तो प्रवृत्ति पनि छ । त्यसको अलिअलि असर पर्‍यो होला । अबका दिनमा यस्तो कुरामा राजनीतिक विषयको असर पर्न दिनु हुँदैन । स्थायी कार्यक्रमका रूपमा लैजानुपर्छ ।

खासमा नेपालको जलवायु परितर्वन हुनेगरी कार्बन उत्सर्जनमा कुनै पनि योगदान छैन । कार्बन उत्सर्जनमा ०.०३ भनेको उल्लेखनीय होइन । तर हामी असाध्यै ठूलो जोखिममा पर्न थालेका छौं । यो कुरा हामीले संसारलाई भन्नुपर्छ, सुनाउनुपर्छ ।

खासमा नेपालको जलवायु परितर्वन हुनेगरी कार्बन उत्सर्जनमा कुनै पनि योगदान छैन । कार्बन उत्सर्जनमा ०.०३ भनेको उल्लेखनीय होइन । तर हामी असाध्यै ठूलो जोखिममा पर्न थालेका छौं, यो कुरा हामीले संसारलाई भन्नुपर्छ, सुनाउनुपर्छ ।

हाम्रा १५/१६ प्रतिशत हिमालले संसारलाई प्राकृतिक रेफ्रिजरेटर, कुलरको काम गरिरहेका छन् । अर्कोतर्फ, हामीले ४४ प्रतिशत वन जोगाएका छौं, तिनले कति धेरै कार्बन सोसिरहेका छन् । तर मर्का चाहिँ हामीलाई परिरहेको छ ।

यो कुरा संसारलाई सुनाउनुपर्छ र नेपालले यस सन्दर्भमा ग्लोबल एलाइन्स निर्माण गर्नुपर्छ । त्यसमध्ये पनि खास गरी पहाड-हाई ल्यान्ड र तलका टापु-लोल्यान्डका राष्ट्रहरूको नेतृत्व गर्नुपर्छ ।

हिमाल र टापु राष्ट्रहरू सबैभन्दा जोखिममा छन् । हिमाल पग्लिन्छ, टापुहरू डुब्दै जान्छन् । त्यो लिङ्केज कायम गर्नका निम्ति पहिलो थिम नै त्यतिबेलै तय गरेको हो, हिमाल, जयवायु परिवर्तन र मानवताको भविष्य भनेर ।

पहिलो, नेपाल जस्तो तटस्थ पोजिसनको छवि भएको देश भविष्यमा ठूलो संवादहरूको थलो बन्नसक्छ भन्ने उद्देश्यले पनि सगरमाथा सन्देशको परिकल्पना गरिएको हो ।

दोस्रो, नेपाल जस्तो देशले अरु देशको सुन्ने मात्र होइन, सुनाउने कुरा पनि छन् भन्ने सन्देश यो कार्यक्रममार्फत गएको छ ।

जस्तो, नेपालको लैंगिक समावेशिताको कुरा हामीले विश्वलाई सुनाउन सक्छौं । शान्ति प्रक्रिया मौलिक हिसाबले भएको छ, यो कुरा विश्वलाई सुनाउन सक्छौं । सबै कुरा अन्तर्राष्ट्रिय समुदायलाई पनि सुनाउनुपर्छ र ग्लोबल पार्टनरसिप बनाउनुपर्छ भन्ने सोचका साथ कार्यक्रम अघि बढाएका थियौं ।

हामीले गल्ती गरेका छैनौं, बरु योगदान गरेका छौं । दण्डित हुनुपरेको छ भन्ने हिसाबले सगरमाथा संवादमा हाम्रा विषयहरू पनि राखेका छौं । हिमाल, पर्वतहरूको भविष्यहरू सम्पूर्ण देशहरूको भविष्य, टापु राष्ट्रहरूको भविष्य पनि जोडिएको छ । त्यसो भएकाले हाइल्यान्डदेखि लोल्यान्डसम्म जोड्ने गरी एउटा सन्देश दिने काम सगरमाथा संवादमार्फत भएको छ ।

नेपालले अघि सारेका थिमहरूमा सहभागी राष्ट्र र सरोकारवालाहरूबाट महत्वपूर्ण विचारहरू आएको छ । यो हाम्रो लागि नयाँ अनुभव पनि भयो, यस किमिसको फोरम सञ्चालन गर्ने ।

दक्षिण छिमेकी भारत, उत्तर छिमेकी चीन, कोप-२९ का अध्यक्षबाट एक हिसाबले बलियो प्रतिबद्धता पनि देखिएको छ । सबै देशका डेलिगेसनबाट हाम्रा हिमालय, पर्वत जोगाउनुपर्छ, नजोगाए मानव जातिकै भविष्य जोखिममा भनेर त्यसका लागि काम गर्ने प्रतिबद्धता आएको छ, जुन सुखद् हो ।

विश्वमा जलवायु परितर्वनको सन्दर्भमा काम गर्ने विभिन्न फोरमहरू छन् । संयुक्त राष्ट्रसंघले नेतृत्व गरेका ठूला वैधानिक अन्तर्राष्ट्रिय फोरमहरू समेत छन्, जलवायु सम्मेलनहरू पनि नियमित हुने गरेका छन् । तिनीहरूले निकालेका निष्कर्षहरूमा पनि कयौं पटक कार्यान्वयनमा समस्या देखिएको छ ।

विश्वले पेरिसको कोप-२० मा कमिटमेन्ट गर्‍यो, ग्लोबल टेम्पिरेचर १.५ मा सीमित राख्छौं भनेर । तर पृथ्वीले अहिले नै १.५ डिग्री सेल्सियसको विश्वव्यापी तापक्रम वृद्धिको सीमा पार गरिसकेको छ । ‘लस एन्ड ड्यामेज’मा पनि सहमति भयो, तर डोनरहरूले कतिको योगदान गर्छन्, त्यसमा कठिनाइ देखिएको छ ।

अर्थात्, व्यवहारमा कार्यान्वयन गर्न चुनौती नै छ । अमेरिका एउटा महत्वपूर्ण अर्थतन्त्र थियो, तर ऊ जलवायु परिवर्तनमा कतिपय प्रतिबद्धताबाट ब्याक भएको छ । अहिलेको प्रशासन जलवायु परिवर्तन नै नमान्ने ठाउँमा छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा संसारले प्रतिबद्धता गरेका घोषणा कार्यान्वयनमा पनि चुनौती छन् ।

एक हिसाबले भन्ने हो भने, यो जम्मा छलफल हो, निर्णय होइन । यद्यपि, यसले पार्टनरसिपलाई बलियो बनाउँछ । यो फोरमबाट आउने निष्कर्षलाई अगाडि दिनमा पर्वतीय देशको एजेन्ड, टापुका देशको एजेन्ड यो छ भनेर विश्वलाई सुनाउन सकिने स्थिति बनेको छ ।

(नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सँगकाे कुराकानीमा आधारित ।)

छुटाउनुभयो कि ?

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...
बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

काठमाडौँबल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले ...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन...