प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह


काठमाडौं

प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् ।

बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद् दामोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे । सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताए । सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक सङ्गठनका सभापति सुजित केसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गरे ।

सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२÷८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं २÷३ मा अधुरा विकासका आयोजनामा बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामा नयाँ उत्साह जागेको र आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गरे । सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने १० किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको र मिटर ब्याजभन्दा पनि बढी कर लिएको र हर्जना तथा ब्याजको छुट दिन आग्रह गरे । सांसद धु्रवबहादुर प्रधानले  तानसेन सिमेन्ट उद्योग र लक्ष्मी स्टील उद्योगले वातावरण प्रदूषण र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग र वातावरण मन्त्रालयको ध्यानार्षण गराए ।

सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय र क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा सरकारको ध्यानकर्षण गराए । सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरे । सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिम र कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमा रहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गरे ।

सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित ९० प्रतिशत अङ्गदाता नपाएर मृत्यु भएको र आठ हजार बिरामी अङ्गदाताको प्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अङ्ग प्र्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढङ्गले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनाले यस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगत विभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही र निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गरे ।

सांसद विन्दाबासिनी कङ्साकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटक–पटक उठाएको भए पनि ध्यान नदिएको र त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायु परिर्वतनबाट नेपाललाई जोगाउन लिएकोे नीतिबारे जानकारी माग गरिन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...