रकम अनियमितता प्रकरण : अध्यक्ष निलम्बन


लोक प्रसाद छन्त्याल
जेठ ०५ गुल्मी

नेपाल आदिवासी/जनजाति अल्पसंख्यक छन्त्याल संघको केन्द्रीय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याल रकम अनियमितता प्रकरणमा निलम्बित भएका छन्। संघको केन्द्रीय पूर्ण बैठकले अध्यक्ष बुढाथोकीलाई २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ संस्थाको नियमविपरीत हिनामिना गरेको ठहर गर्दै उनलाई निष्क्रिय बनाउँदै निलम्बन गरेको हो।

मनमोहन छन्त्याल २०७८ सालमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट प्रतिपक्ष उम्मेदवारका रूपमा बहुमत प्राप्त गर्दै निर्वाचित भएका थिए।

अध्यक्षको निलम्बनपछि, फागुन १७ गते बसेको केन्द्रीय पूर्ण बैठकले वरिष्ठ महिला उपाध्यक्ष मनमया भलन्जा छन्त्याललाई सर्वसम्मतिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। साथै, आगामी अधिवेशन सम्पन्न गर्ने संयोजकको भूमिका पनि उनलाई सुम्पिएको छ।

कार्यवाहक अध्यक्ष मनमयाले संस्थागत निर्णय विना र पदाधिकारीलाई जानकारी नदिई अध्यक्ष बुढाथोकीले संस्थाको रकम व्यक्तिगत रूपमा भोगचलन गरेको आरोप लगाउँदै पूर्ण बैठकले उनलाई निलम्बन गरिएको जानकारी दिइन्। उनका अनुसार, मनमोहनले सो रकम दुई महिनाभित्र केन्द्रीय कार्यालय (मनमैजु) मा बुझाउने वाचा गरे पनि अहिलेसम्म नबुझाएकाले पुनः ताकेता गरिएको हो।

कार्यवाहक अध्यक्षका अनुसार, यदि उक्त रकम राष्ट्रिय अधिवेशनअघि फिर्ता नगरिए संघको विधानअनुसार सो पद स्वतः समाप्त हुनेछ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

संस्थाका कोषाध्यक्ष पार्केसिं रोगबाट ग्रसित भई निधन भएपछि सहकोषाध्यक्षलाई जिम्मेवारी नदिई अध्यक्ष स्वयंले रकमको जिम्मा लिएर अपचलन गरेको स्वीकारिएको छ। उनले कार्यालय सहयोग नपाएको भन्दै जे जस्तो भए पनि रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष मनमोहन छन्त्यालमाथि यसअघि पनि २०७८/७९ मा २ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा लागेको थियो, जसलाई सचिवालयको छलफलपछि रकम फिर्ता गराई जिल्ला अदालत काठमाडौँमा मिलापत्रमार्फत फर्छ्योट गरिएको थियो।

८५ वर्षीय संस्थापक अध्यक्ष मनिचन घरब्जा छन्त्यालले यो घटनाले दुःखित बनाएको बताउँदै, कुनै पनि नेतृत्व ईमानदार, जवाफदेही र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले संस्थाले अघिल्लो कार्यकालमा पनि हिसाब किताबमा अनियमितता गर्ने व्यक्तिहरूलाई कारबाही नगरेको गुनासो पोखेका छन्।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...