बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा
बुटवल
पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण पूर्वाधार सिद्धार्थ केवलकार सिष्टम अपग्रेड र नयाँ पूर्वाधार निर्माणसँगै पुनः सञ्चालनमा आएको छ। बुटवल–पाल्पा सीमास्थित नुवाकोट गढी जोड्ने केवलकार केही समयका लागि बन्द गरिएको थियो।
सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङका अनुसार, असार दोस्रो सातादेखि बन्द गरिएको केवलकार साउन दोस्रो साता देखिनै नियमित सञ्चालनमा आएको हो।
यस अवधिमा केवलकारमा प्रविधिगत सुधारसहित पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशनस्थित सिद्धार्थ गार्डेनमा उडन परगोला र लाइटिङ प्रणाली, नयाँ रेष्टुरेन्ट भवन, टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका कार्य गरिएको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो।
हाल बटमदेखि टप स्टेशनसम्म २ किलोमिटर दुरीमा ८ जनाको क्षमता भएका २५ वटा गोण्डुला सञ्चालनमा छन्। पूर्वमा चेन ह...








