Author: संचार पत्र

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका...
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

Breaking news 1, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टर...
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १४ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपै...
३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमान्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका तथ्यांक सार्वजनिक भएको छ । मुख्य चाडपर्व दशैं र तिहारको समयमा विमानस्थलमा यात्रु संख्या वृद्धि हुने प्रचलन रहेको छ । आन्तरिक उडानतर्फ ३ लाख २३ हजार १२ यात्रु सेवा लिएका छन् । यसमध्ये २ लाख ४ हजार ५८८ जना काठमाडौंबाट उडेका र १ लाख १८ हजार ४२४ जना काठमाडौं भित्रिएका छन् । यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् भने ४ हजार २०८ जहाज अवतरण भएको तथ्यांक छ । कुल उडान र अवतरण संख्या ८ हजार ४१७ पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ, १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् भने २ लाख ४० हजार ३९४ यात्रु विदेशबाट नेपाल आएका छन् । यसरी कुल ४ लाख ३८ हजार ४०६ अन्तर्राष्ट्रिय यात्रु सेवा लिएका छन् ।यसबाहेक, २ हजार १३६ यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । अन्तर्राष्ट्रिय उडानतर्...
अवस्थालाई सामान्यीकरण गर्दै भयरहित ढंगले चुनाव सम्पन्न गर्न सरकार लागि परेको छ: प्रधानमन्त्री कार्की

अवस्थालाई सामान्यीकरण गर्दै भयरहित ढंगले चुनाव सम्पन्न गर्न सरकार लागि परेको छ: प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशिला कार्कीले विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको बताएकी छन् ।उनले परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा रहेको बताउदै निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने नभएको बताएकी छन् । उनले भनिन्- 'नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको छ ।'जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पुरा गर्न समाजका सबै पक्षको उत्तिकै भूमिका रहेको बताउदै प्रधानमन्त्री कार्कीले यसमा सहाकार्य गर्दै सचेत नागरिकको भूमिका निर्वाह गर्न आव्हान गरेकी छन् । उनले समाजमा...
गृहमन्त्रीले मसंग दुस्मनी लिइरहेका छन् : एमाले अध्यक्ष ओली

गृहमन्त्रीले मसंग दुस्मनी लिइरहेका छन् : एमाले अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैँनेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि दुस्मनी लिएको आरोप लगाएका छन् । बुधवार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरी क्षति पुर्‍याएको बालकोटस्थित आफ्नो निजी निवास अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरी उल्टै पीडितमाथि अन्याय गरिरहेको आरोप लगाए । उनले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन, बरु पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । यस्तो कार्यले अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण भइरहेको छ ।” ओलीले थपे, “सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ छैन । गृहमन्त्रीले टेलिभिजनमा दिएको...
आन्दोलन क्रममा प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

आन्दोलन क्रममा प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंप्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो। सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्। भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए। यसअघि पनि प्रहरीले थापा र रायको हत्या आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो।मिलन रायको हत्यामा संलग्न युवराज क्यापछाकी र सोनाम बुद्धिलाल र उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परेका थिए। त्यस्तै कोटेश्वरमा प्रहरी जवान अमृत गुरूङको पनि हत्या भएको थियो।पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले पुर्पक्षका लागि थुनामा समेत पठाइसकेको छ। ...
बुटवल-नारायणघाट ११३ किलोमिटर दूरीको सडक डेढ घण्टामा पारगर्न सकिने

बुटवल-नारायणघाट ११३ किलोमिटर दूरीको सडक डेढ घण्टामा पारगर्न सकिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणघाट सडकखण्डमा यात्रा सहज हुन थालेको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ । योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ ।दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए । ‘दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रुपमा अगाडि बढेको छ’, उनले भने, ‘यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्त...
नेपाल संवत् ११४६ प्रारम्भ

नेपाल संवत् ११४६ प्रारम्भ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आजदेखि नेपाल सम्वत् ११४६ आरम्भ भएको छ। नेपाल संवतको नयाँ वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात् गरेका थिए। नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उनले भने।विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्ल...
२० लाखभन्दा बढी नगद र १०९ जना जुवाडे पक्राउ

२० लाखभन्दा बढी नगद र १०९ जना जुवाडे पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौंदेखि कञ्चनपुरसम्म गरिएको प्रहरी कारबाहीमा नगद, तास र कौडा सहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूबाट नगद २ लाख ३१ हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको छ । चितवनको खैरहनी नगरपालिका–११ मा एकबहादुर भण्डारीसहित ११ जना, ओदान रेष्टुरेन्ट, भरतपुर–१० बाट वासु रिमालसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट क्रमशः १ लाख ५० हजार ७२० रुपैयाँ र ५ बुक तास, तथा २ लाख ११ हजार २१० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । कास्कीमा दुई अलग घटनामा दिपक विकसहित ८ जना र हेमबह...