३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा


काठमान्डौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका तथ्यांक सार्वजनिक भएको छ । मुख्य चाडपर्व दशैं र तिहारको समयमा विमानस्थलमा यात्रु संख्या वृद्धि हुने प्रचलन रहेको छ ।

आन्तरिक उडानतर्फ ३ लाख २३ हजार १२ यात्रु सेवा लिएका छन् । यसमध्ये २ लाख ४ हजार ५८८ जना काठमाडौंबाट उडेका र १ लाख १८ हजार ४२४ जना काठमाडौं भित्रिएका छन् । यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् भने ४ हजार २०८ जहाज अवतरण भएको तथ्यांक छ । कुल उडान र अवतरण संख्या ८ हजार ४१७ पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ, १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् भने २ लाख ४० हजार ३९४ यात्रु विदेशबाट नेपाल आएका छन् । यसरी कुल ४ लाख ३८ हजार ४०६ अन्तर्राष्ट्रिय यात्रु सेवा लिएका छन् ।
यसबाहेक, २ हजार १३६ यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ कुल १ हजार ५८५ उडान र १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडान र अवतरण भएको छ । नेपालका ३१ अन्तर्राष्ट्रिय उडान कम्पनीले यस विमानस्थलमा सेवा दिएको तथ्यांकमा देखिन्छ ।

विमानस्थलको तथ्यांक अनुसार अक्टोवरमा विमानस्थल उच्च क्षमतामा चल्ने गर्छ ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...