३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा


काठमान्डौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका तथ्यांक सार्वजनिक भएको छ । मुख्य चाडपर्व दशैं र तिहारको समयमा विमानस्थलमा यात्रु संख्या वृद्धि हुने प्रचलन रहेको छ ।

आन्तरिक उडानतर्फ ३ लाख २३ हजार १२ यात्रु सेवा लिएका छन् । यसमध्ये २ लाख ४ हजार ५८८ जना काठमाडौंबाट उडेका र १ लाख १८ हजार ४२४ जना काठमाडौं भित्रिएका छन् । यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् भने ४ हजार २०८ जहाज अवतरण भएको तथ्यांक छ । कुल उडान र अवतरण संख्या ८ हजार ४१७ पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ, १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् भने २ लाख ४० हजार ३९४ यात्रु विदेशबाट नेपाल आएका छन् । यसरी कुल ४ लाख ३८ हजार ४०६ अन्तर्राष्ट्रिय यात्रु सेवा लिएका छन् ।
यसबाहेक, २ हजार १३६ यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ कुल १ हजार ५८५ उडान र १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडान र अवतरण भएको छ । नेपालका ३१ अन्तर्राष्ट्रिय उडान कम्पनीले यस विमानस्थलमा सेवा दिएको तथ्यांकमा देखिन्छ ।

विमानस्थलको तथ्यांक अनुसार अक्टोवरमा विमानस्थल उच्च क्षमतामा चल्ने गर्छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...