गृहमन्त्रीले मसंग दुस्मनी लिइरहेका छन् : एमाले अध्यक्ष ओली


काठमाडाैँ
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि दुस्मनी लिएको आरोप लगाएका छन् ।

बुधवार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरी क्षति पुर्‍याएको बालकोटस्थित आफ्नो निजी निवास अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरी उल्टै पीडितमाथि अन्याय गरिरहेको आरोप लगाए ।

उनले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन, बरु पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । यस्तो कार्यले अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण भइरहेको छ ।”

ओलीले थपे, “सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ छैन । गृहमन्त्रीले टेलिभिजनमा दिएको अन्तर्वार्तामै उनको मनसाय स्पष्ट देखिएको छ-दुःख पाएकामाथि दुस्मनी राख्ने । त्यसमा पनि मसँग उनको गम्भीर दुस्मनी छ ।”

ओलीले सरकार हाल आन्दोलनका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफू र आफ्ना सहकर्मी नेताहरूमाथि पक्राउको तयारी गरिरहेको गम्भीर आशंका पनि व्यक्त गरे ।

उनका अनुसार जेन–जी आन्दोलनका क्रममा सरकारको भूमिका निष्पक्ष नभई राजनीतिक प्रतिशोधले प्रेरित देखिएको छ । ओलीले यस्तो व्यवहारले मुलुकमा शान्ति र स्थिरतामाथि प्रतिकूल असर पार्ने चेतावनी दिए ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...