गृहमन्त्रीले मसंग दुस्मनी लिइरहेका छन् : एमाले अध्यक्ष ओली


काठमाडाैँ
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि दुस्मनी लिएको आरोप लगाएका छन् ।

बुधवार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरी क्षति पुर्‍याएको बालकोटस्थित आफ्नो निजी निवास अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरी उल्टै पीडितमाथि अन्याय गरिरहेको आरोप लगाए ।

उनले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन, बरु पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । यस्तो कार्यले अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण भइरहेको छ ।”

ओलीले थपे, “सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ छैन । गृहमन्त्रीले टेलिभिजनमा दिएको अन्तर्वार्तामै उनको मनसाय स्पष्ट देखिएको छ-दुःख पाएकामाथि दुस्मनी राख्ने । त्यसमा पनि मसँग उनको गम्भीर दुस्मनी छ ।”

ओलीले सरकार हाल आन्दोलनका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफू र आफ्ना सहकर्मी नेताहरूमाथि पक्राउको तयारी गरिरहेको गम्भीर आशंका पनि व्यक्त गरे ।

उनका अनुसार जेन–जी आन्दोलनका क्रममा सरकारको भूमिका निष्पक्ष नभई राजनीतिक प्रतिशोधले प्रेरित देखिएको छ । ओलीले यस्तो व्यवहारले मुलुकमा शान्ति र स्थिरतामाथि प्रतिकूल असर पार्ने चेतावनी दिए ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...