आन्दोलन क्रममा प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ


काठमाडौं
प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो।

सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्।

भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो।

प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए।

यसअघि पनि प्रहरीले थापा र रायको हत्या आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो।
मिलन रायको हत्यामा संलग्न युवराज क्यापछाकी र सोनाम बुद्धिलाल र उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परेका थिए।

त्यस्तै कोटेश्वरमा प्रहरी जवान अमृत गुरूङको पनि हत्या भएको थियो।
पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले पुर्पक्षका लागि थुनामा समेत पठाइसकेको छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...