२० लाखभन्दा बढी नगद र १०९ जना जुवाडे पक्राउ


काठमाडौँ

देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंदेखि कञ्चनपुरसम्म गरिएको प्रहरी कारबाहीमा नगद, तास र कौडा सहित उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूबाट नगद २ लाख ३१ हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको छ ।

चितवनको खैरहनी नगरपालिका–११ मा एकबहादुर भण्डारीसहित ११ जना, ओदान रेष्टुरेन्ट, भरतपुर–१० बाट वासु रिमालसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट क्रमशः १ लाख ५० हजार ७२० रुपैयाँ र ५ बुक तास, तथा २ लाख ११ हजार २१० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

कास्कीमा दुई अलग घटनामा दिपक विकसहित ८ जना र हेमबहादुर रानाभाटसहित ७ जना पक्राउ परेका छन् । उनीहरूबाट २ लाख ७३ हजार ४४५ रुपैयाँ र ६ बुक तास, साथै ७७ हजार २०५ रुपैयाँ र १४ थान कौडा बरामद गरिएको प्रहरी विवरणमा उल्लेख छ ।
भक्तपुर नगरपालिका–४ बुल्छामा दयाराम सायजुसहित २७ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । उनीहरूबाट ९ लाख २३ हजार ९६० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दाङको राप्ती गाउँपालिका–२ मा नरेश बुढासहित १४ जना, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा टोपबहादुर थापासहित ९ जना, स्याङ्जाको गल्याङ नगरपालिका–१ मा गणेश बस्यालसहित ७ जना, र कञ्चनपुरको बेदकोट नगरपालिका–३ मा हिक्मत सिंह रावलसहित ७ जना पक्राउ परेका छन् ।

यी स्थानहरूबाट जम्मा करिब २० लाख रुपैयाँभन्दा बढी नगद र दर्जनौँ बुक तास तथा कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...