Author: संचार पत्र

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् ।साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् । ...
रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’,संचालनमा, सबै ब्रान्डका ट्रयक्टरको आत्यधुनिक मरम्मत अब एकै ठाउमा

रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’,संचालनमा, सबै ब्रान्डका ट्रयक्टरको आत्यधुनिक मरम्मत अब एकै ठाउमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवल विगत डेढ दशक लामो समयदेखि रुपन्देही लाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर आज शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याईएको हो । आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टर सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फराकिलो स्पेसहित सेवाग्राहीका लागि विश्राम कक्ष सहिता व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन स्पोट समेत सेवा उपलब्ध गराउने समेत अध्यक्ष सिंहले बाताए । एकसाथ ६ वटासम्म ट्याक्टर मर्मतको काम गर्न सकिनेगरी अत्याधुनिक उपकरण जडा...
राष्ट्र बैंकले तीन अर्ब ७६ करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना निकालेर आफूले लिन चाहेको रकम र रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही पर्सि सोमवार बेलुकी ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । ‘क’ वर्गको वाणिज्य बैङ्कमा  तीन अर्ब ८० लाख, ‘ख’ वर्गका विकास बैङ्कमा  ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ बराबर लगानी हुनेछ । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका ...
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

Breaking news 2, ताजा अपडेट, समाचार
नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठक। तस्बिरः चन्द्रकला क्षेत्री/रासस काठमाण्डौ – नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । ललितपुरको च्यासलमा रहेको एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले महासचिव शङ्कर पोखरेल संयोजक, उममहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र सचिव योगेश भट्टराई सदस्य रहेको सचिवालय गठन गरेको छ । यस्तै उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र वागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन कमिटी, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको संयोजकत्व र विभागका सचिव माधब ढुङ्गेल सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै आव...
मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ । जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मङ्सिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्...
प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले फिर्ता बोलाउन माग गरेका छन् । बिहीबार २३ जेनजी समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् ।भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ । यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति ...
शहरी विकास मन्त्री घिसिङलाई सफा,शुन्दर शहर वनाउने अर्को राम्रो अवसर : डा.लक्ष्मी पौड्याल

शहरी विकास मन्त्री घिसिङलाई सफा,शुन्दर शहर वनाउने अर्को राम्रो अवसर : डा.लक्ष्मी पौड्याल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं वाग्मती सफाई महाअभियान काठमाडौं । वाग्मती सफाई अभियन्ता र निस्वार्थ रुपमा विगत १३ बर्षदेखि वाग्मती सफाई महाअभियानमा होमिएका हामी स्वयंसेवकहरू पटकपटक राज्यका जिम्मेवार निकायबाट धोका खाएका छौँ। वाग्मतीलाई ढलमुक्त बनाउने आश्वासन पटकपटक पाएता पनि,परिणाम देखिने गरी कामै भएन! शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङज्यूको वाग्मती सफाई महाअभियानमा उपस्थिति र चासोले हामीमा केहि आशा पलाएको छ। तर, हामी परिणाम/ रिजल्टमा विश्वास गर्छौ। हामी मन्त्रीज्यूलाई सफा शहर र ढलमुक्त वाग्मती बनाउनका लागि केही ठोस कदम तल्काल चाल्न अनुरोध गर्दछौं । चाहेमा छोटो समयमा पनि सिस्टम सुधारका काम गर्न सकिन्छ जस्तै: १) काठमाडौं,ललितपुर लगायतका संबन्धित सबै स्थानीय सरकार र फोहर संकलकलाई एक ठाउँमा राखेर छलफल गरि फोहर व्यवस्थापनको समय,पटक, रकम,घरघरमै फोहरको अनिवार्य बैज्ञानिक बर्गिकरणको व्यवस्था, न...
एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

Breaking news 1, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । अघिल्लो संस्करणको एनपीएलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो सिजनमा लुम्बिनी अंक तालिकाको पुछारमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेलबाट राम्रो शुरूवात गर्ने योजनामा छ । तर यसअघि नै कर्णालीलाई हराइसकेको कुशल मल्लको कप्तानीमा रहको चितवन उच्च मनोबलका साथ मैदान उत्रदैछ । लुम्बिनीले यसपटक ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई टोलीमा भित्र्याएको छ भने चितवनबाट इंग्लयाण्डका रबि ...
आज विश्व बाल दिवस : बालबालिकाका आवाज सुन्न युनिसेफको आह्वान

आज विश्व बाल दिवस : बालबालिकाका आवाज सुन्न युनिसेफको आह्वान

Breaking news 3, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाको जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गर्नुभएको छ ।  ...
प्रधानमन्त्री कार्कीबाट आज सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीबाट आज सर्वदलीय बैठक आह्वान

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ । प्रधानमन्त्री कार्कीले वर्तमान सरकारका प्राथमिकता, अहिलेसम्मका काम र चुनावबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न लाग्नुभएको हो । आजको बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी गराउने तयारी भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित सरकारको प्रमुख जिम्मेवारी तोकिएको मितिमा चुनाव सम्पन्न गराउनु रहेको छ ...