एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा


काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

अघिल्लो संस्करणको एनपीएलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो सिजनमा लुम्बिनी अंक तालिकाको पुछारमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेलबाट राम्रो शुरूवात गर्ने योजनामा छ ।

तर यसअघि नै कर्णालीलाई हराइसकेको कुशल मल्लको कप्तानीमा रहको चितवन उच्च मनोबलका साथ मैदान उत्रदैछ । लुम्बिनीले यसपटक ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई टोलीमा भित्र्याएको छ भने चितवनबाट इंग्लयाण्डका रबि बोपारा खेल्नेछन्

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...