प्रधानमन्त्री कार्कीबाट आज सर्वदलीय बैठक आह्वान


काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारका प्राथमिकता, अहिलेसम्मका काम र चुनावबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न लाग्नुभएको हो । आजको बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी गराउने तयारी भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित सरकारको प्रमुख जिम्मेवारी तोकिएको मितिमा चुनाव सम्पन्न गराउनु रहेको छ

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...