एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन


नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठक। तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाण्डौ – नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । ललितपुरको च्यासलमा रहेको एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले महासचिव शङ्कर पोखरेल संयोजक, उममहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र सचिव योगेश भट्टराई सदस्य रहेको सचिवालय गठन गरेको छ । यस्तै उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र वागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन कमिटी, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको संयोजकत्व र विभागका सचिव माधब ढुङ्गेल सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै आवास व्यवस्थापन समितिको संयोजकमा सचिव छविलाल विश्वकर्मा र सचिव स्थायी कमिटी सदस्य लालबाबु पण्डित, खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट र सचिवमा डा. भिष्म अधिकारी रहनुभएको छ । 
यस्तै बैठकले यातायात व्यवस्थान समितिको संयोजक सचिव गोकर्ण विष्ट र सचिव रचना खड्का, अतिथि सत्कार समितिको संयोजकमा सचिव रघुविर महासेठ र सचिव महेश वर्तौला, प्रचार समितिको संयोजकमा सचिव पद्मा अर्याल र सचिव राजेन्द्र गौतम रहनुभएको छ ।

यसैगरी बैठकले स्वयंसेवक परिचालन समितिको संयोजकमा भानुभक्त ढकाल र सचिव विनोद पाण्डे, मञ्च व्यवस्थापन समितिको संयोजकमा विनोद श्रेष्ठ र सचिव लोकवहादुर भण्डारी, स्वास्थ्य समितिको संयोजकमा कृष्णगोपाल श्रेष्ठ र सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, आर्थिक समितिको संयोजकमा उपमहासचिव विष्णु रिमाल र सचिवमा विना श्रेष्ठ, निर्वाचनका आयोगका अध्यक्ष डा विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । 

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...