रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’,संचालनमा, सबै ब्रान्डका ट्रयक्टरको आत्यधुनिक मरम्मत अब एकै ठाउमा


बुटवल

विगत डेढ दशक लामो समयदेखि रुपन्देही लाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर आज शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याईएको हो ।

आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टर सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फराकिलो स्पेसहित सेवाग्राहीका लागि विश्राम कक्ष सहिता व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन स्पोट समेत सेवा उपलब्ध गराउने समेत अध्यक्ष सिंहले बाताए ।

एकसाथ ६ वटासम्म ट्याक्टर मर्मतको काम गर्न सकिनेगरी अत्याधुनिक उपकरण जडानसहित निर्माण गरिएको ग्यारेजमा आउने सेवाग्राहीका लागि बास बस्नु पर्ने भएमा निशुल्क छुट्टै विश्रामस्थलको समेत व्यवस्था गरिएको छ ।

यसका साथै अधिकांश कामका लागि मेशिन तथा उपकरणको प्रयोग गरिने भएकाले छोटो समयमै थोरै जनशक्तिले सहजै काम गर्न सक्ने कम्पनीको दाबी छ । हाल ८ जना प्राविधिक जनशक्तिले काम गरिरहेको यस ग्यारेजमा बिस्तार गर्दै जनशक्ति पनि थप गरिने अध्यक्ष सिंहले बताए ।

ग्यारेजको उद्घाटन कार्यक्रममा लुम्बिनी ट्याक्टर समितिका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद भुसाल, ट्याक्टर समिति पाल्पाका अध्यक्ष विष्णु बहादुर कार्की लगायतले बोल्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी कुनै पनि गाडी मर्मतका लागि ग्यारेजमा जाँदा त्यसका पार्ट्सहरुको मूल्य प्रचलित बजार मूल्यभन्दा बढी भनेर ग्राहकलाई मर्कामा पार्ने प्रवृत्ति रहेको बताउँदै ट्याक्टर हस्पिटलमा उक्त नहोस भनि कामना गरे ।

कार्यक्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय का वरिष्ठ प्रहरी सहयेक निरीक्षक दुर्गा भट्टले ट्राफिक नियम बारे सचेतनासहित आफूले चलाउने कुनै पनि सवारीका साधन वा उपकरणहरुलाई समयमै मर्मत सम्भार गरेर सुरक्षित रहन आग्रह गरे ।

मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रा.लि र ओम स्वस्तिक ट्रेडिङ एण्ड सप्लायर्सको साझा संस्था मनमित ग्रुपलेन नेपालमै पहिलोपटक ग्यारेज सञ्चालनमा ल्याएको हो । ग्रुप अन्तर्गतको मनमित श्री ट्रेडिङ लुम्बिनी प्रदेशका लागि शक्तिमान ब्राण्डका रोटाभेटर तथा विभिन्न कृषि औजारहरुहरुको आधिकारिक विक्रेतका रुपमा रहेको छ भने ओम स्वस्तिकले मनमित र पीस लुम्बिनी अन्तरगतका सामग्रीहरुका लागि कपिलवस्तुमा आधिकारिक विक्रेतको रुपमा रहेको छ । यसै गरि ग्रुपकै पिस लुम्बिनी इन्टरनेसनल कम्पनीले पाल्को लुब्रीकेन्ट्को लागि नेपालकै अधिकारिक बिक्रेता रहेको छ ।

छुटाउनुभयो कि ?

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुध...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाक...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक ...
नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

बुटवलबुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ। नक्कली ...