Author: संचार पत्र

राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने , मतपत्रको पहिलो नम्बरमा एमाले

राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने , मतपत्रको पहिलो नम्बरमा एमाले

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ आगामी राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिन लागेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन पेश गरेका १३ दललाई स्वीकृति दिएको छ र उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न राखिनेछ । छैठौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ । नयाँ दर्ता भएका दुई दल– नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिम स्थानमा रहनेछ । निर्वाचन चिह्न सबै सातवटा प्रदेशमा समान रहने व्यवस्था गरिएको छ ...
एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटामात्रै खेल हुँदैछ।शुक्रबार अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। ६ खेलबाट ६ अङ्क नै जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र जाेड्न सकेको छ। ...
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यस बर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा 'प्रत्येक योगदानको महत्व' भन्ने रहेको छ । यो विषयवस्तुले सामूहिक कार्यको शक्तिलाई स्वीकार गर्दछ र ठूलो वा सानो, स्वयंसेवाको हरेक कार्यले बलियो र थप जोडिएको संसारमा योगदान पुर्‍याउछ भन्ने अर्थ रहेको छ ।हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थाले विविध कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरेका छन् । स्वयंसेवाको महत्वका बारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामा...
नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौभारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो । संशोधित प्रावधानअनुसार अब भारतबाहिर नेपाल र भुटानमा भारतीय मुद्रा तथा आरबीआईका नोटहरू ( १०० रुपैयाँभन्दा माथिका उच्च मूल्यका नोट) बाहेक लैजान र ल्याउन अनुमति दिइनेछ । यसका साथै, नेपाल वा भुटान यात्रामा जाने भारतीय वा अन्य विदेशी नागरिकले १०० रुपैयाँभन्दा माथिका नोटसमेत २५ हजार भारुसम्म लैजान पाउने व्यवस्था गरिएको छ । यस्तै, नेपाल वा भुटानबाट भारत फर्किने यात्रुले पनि १०० रुपैयाँभन्दा माथिका भारतीय नोट २५ हजार भारुसम्म लैजान सक्नेछन् । नेपाल–भुटानका मुद्...
प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् ।प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् । ...
आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ। आज योःमरि पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका स...
एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेमा कुनै ध्रुव नहुने बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले तपाईँहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे। एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले स्पष्ट पारे। ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले। उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पारे। ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्...
रुपन्देही विद्युतिय व्यवसायी संघको सैनामैना कञ्चन गाउँ नगर अधिवेशन सम्पन्न

रुपन्देही विद्युतिय व्यवसायी संघको सैनामैना कञ्चन गाउँ नगर अधिवेशन सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीसैनामैना कञ्चन गाउँ नगर समितीको आठौं वार्षिक साधारण सभा तथा पांचौं अधिवेशन बुधबार रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि रुपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले उज्यालोका व्यवसायीहरुको भविष्य पनि उज्यालो रहेको र संगै समाजमा उज्यालो फैल्याउने र व्यवसाय संगै सामाजिक काममा सक्रिय रहँदै आएको वताए।खरालले गाउँ नगरले संघसंग र संघले महासंघसंगको सहकार्य बाट व्यवसायीका हकहितमा काम गर्दै आएको वताए।उनले महासंघ मार्फत विद्युतिय व्यवसायी समस्या र अगाडि वढ्न आवस्यक विषयहरु सरकार संग पुर्याउने गरेको धारणा राखे। जिल्लाले रुपन्देहीको तिलोत्तमा भलवारीमा संघको सचिवालय संगै कृयापुत्री हरूलाई समेत सेवा दिने गरि सामाजिक काममा समेत सक्रिय रहंदै आएको वताए। उनले संघले के दियो भन्दा पहिले आफूले के दिन सक्यौं भन्नेमा महत्व दिएमा संस्था संगै सम्पुर्ण व्य...
विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आसा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको ६ अंक भएको छ। अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ। यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो लम्बिएको छ। अहिलेसम्म ६ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको विराटनगरलाई प्लेअफमा स्थान पक्का गर्न सुदूरपश्चिम रोयल्ससँगको खेल जिन्तुपर्नेछ। विराटनगर र सुदूरपश्चिमको अन्तिम खेल शनिबार हुनेछ। ...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा अधिकारीलाई पक्राउ गरिएको छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको उजुरी परेपछि छानबिन शुरु भएको थियो । ...