बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह
बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धारका कामलाई प्राथमिकता दिन रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विपद्को यो अवस्थामा स्थानीय सरकारको पहिलो जिम्मेवारी प्रभावित नागरिकको उद्धार र राहत भएकाले उपमहानगरपालिकाले आफ्नोतर्फबाट सहयोगको पहल थालेको बताएका छन्। उनका अनुसार विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित परिवारको साथमा उभिन आवश्यक छ।
नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने...






