इनम सापकोटाको अनुसन्धान रहस्यपूर्ण देखिँदैछ : महासचिव पोखरेल



काठमाडौं
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।
मंसिर २ र ३ गते आयोजना गर्न लागिएको राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धान रहस्यपूर्ण बन्दै गएको बताए ।
उनले प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई झापामा उमेदवार बनाउने कि नबनाउने सर्वेक्षण इनमकै नेतृत्वमा भएको बताए । चुनावको क्याम्पियनमा सहभागी, प्रधानमन्त्री भएपछि पनि कोर टिममा रहेको कुरा बाहिर आएको उनको दाबी छ ।
“यही सरकारले इनम सापकोटालाई पक्राउ गरेको छ । तर पनि, अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदैछ, पारदर्शी छैन,” पाखेरेलले भने ।
त्यस्तै, पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखक पक्राउको अभियोजन गर्न नसकेको बताए । सरकार प्रतिशोधात्मक ढंगले अघि बढ्न खोजेको उनको भनाइ छ ।
“बिनातथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफतार गर्ने,” उनले भने, “१३ दिन राखेर अभियोजन पनि गर्न नसक्ने । आजसम्म अभियोजन गर्ने क्षमता सरकारले देखाउन सकेको छैन । किनकी तथ्य र प्रमाण नै छैन ।”
उनले ओली र लेखकलाई लगाएको जस्तै आरोपमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्री गिरफ्तार हुनुपर्ने बताए । सुनसरीमा गोली चलेको घटनाको जिम्मा पनि प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

बुटवलरुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत...
इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौंजेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधान...