एनपीएल: प्लेअफ समीकरण पूरा, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने



बुटवल
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ खेल्ने टोली र खेल तालिकाको टुंगो लागेको छ। आइतबार पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेसँगै प्लेअफको समीकरण स्पष्ट भएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै अलआउट भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

लिग चरणको नतिजासँगै अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार हुनेछ।

त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल बुधबार हुने तय भएको छ।

पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अर्को अवसर पाउनेछ। इलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

छुटाउनुभयो कि ?

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

बुटवलरुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत...
इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौंजेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधान...