Author: संचार पत्र

दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकियो

दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् ।निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको हो ।आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको लागि १० वटा कार्य शर्तहरू समेत तय गरेको छ ।(क) निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ को दफा २६ बमोजिम राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गरे नगरेको यकिन विवरण तयार गर्ने,(ख) निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन कानुन विपरीत हुने गरी ...
हावा मार्फत तारबिनै बिजुली प्रसारण प्रदर्शन

हावा मार्फत तारबिनै बिजुली प्रसारण प्रदर्शन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँअहिलेसम्म, एक ठाउँबाट अर्को ठाउँमा बिजुली पठाउन तार चाहिन्छ भन्ने विश्वास गरिन्थ्यो । तारहरूले बिजुली स्थानान्तरण गर्छन्, जसले बत्ती, पंखा र टेलिभिजनलाई शक्ति दिन्छ । हामीले यस युगमा वायरलेस मोबाइल चार्जरहरू पनि देखेका छौं । तर तार बिनाको बिजुली अकल्पनीय छ । तर के तपाईं तार बिना हावा मार्फत बिजुली प्रसारित हुने कल्पना गर्न सक्नुहुन्छ ? यो प्रश्न अनौठो लाग्न सक्छ, तर वैज्ञानिकहरूले यो हासिल गरेका छन् ।संसारको सबैभन्दा खुसी देशहरू मध्ये एक मानिने फिनल्याण्डले यो उपलब्धि हासिल गरेको छ । सायद भविष्यमा, हामीले घरमा बिजुली प्राप्त गर्न केबलहरू बिछ्याउनु पर्दैन । यदि यो भयो भने, तपाईं तार जडान बिना बल्ब, पंखा र एसी चलाउन सक्षम हुनुहुनेछ । हेलसिंकी विश्वविद्यालय र फिनल्याण्डको ओउलु विश्वविद्यालयका वैज्ञानिकहरूले तारको प्रयोग बिना हावा मार्फत बिजुली प्रसारण प्रदर्शन गरेका छन् । यस प्रय...
निर्वाचन लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

निर्वाचन लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्याको तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।आयोग परिसरमा स्थापना गरिएको उक्त केन्द्रबाट निर्वाचनसँग सम्बन्धित सबै प्रकारका समस्या तत्काल समाधान गरिने आयोगले जनाएको छ। आयोगले उक्त केन्द्र आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।आयोग परिसरमै स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको हो। शुभारम्भ कार्यक्रममा भण्डारीले कुनै निर्वाचन क्षेत्रमा समस्या देखिएमा केन्द्रले तत्काल समाधानका लागि काम गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्या संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत समाधान गरिनेछ। ...
राष्ट्रिय सभा निर्वाचनबाट चुनिए १८ जना

राष्ट्रिय सभा निर्वाचनबाट चुनिए १८ जना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभा निर्वाचनबाट १८ जना राष्ट्रिय सभा सदस्य चुनिएका छन्। निर्वाचनबाट कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन्। कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो।त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो। आज भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो। कहाँ को भए निर्वाचित ? कोशी प्रदेश १. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस २. रोशनी मेचे, नेकपा एमाले ३...
अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक

अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पु...
नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, दलको मुख्य सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । दलको नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नका लागि राजीनामा दिएपछि भुसाललाई नेतृत्वको जिम्मेवारी सुम्पिएको नेकपाले जनाएको छ । ...
आज राष्ट्रियसभामा १८ सदस्य पदका लागि निर्वाचन

आज राष्ट्रियसभामा १८ सदस्य पदका लागि निर्वाचन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने भएको छ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।१८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।त्य...
पूर्व मुख्यमन्त्री केसीसहित ७ नेता नेकपाबाट निष्कासित

पूर्व मुख्यमन्त्री केसीसहित ७ नेता नेकपाबाट निष्कासित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कम्युनिस्ट पार्टीले नेता लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका कुलप्रसाद केसी ,हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कारबाही गरेको हाे।सिन्धुली २ मा महेश्वर दाहाललाई बागी उम्मेदवार बनेका छन्। उनलाई नेता गजुरेलले साथ दिएका छन्। त्यहाँ नेकपाले राजन दाहाललाई उम्मेदवार बनाएको छ। कारबाहीमा पर्नेहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहा धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन्। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन्। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। ...
व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले विद्युतिय व्यवसायीको हकहित संगै सामाजिक काममा अग्रसर रहने गरी वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ।शनिबार पाल्पाको रम्भा गाउँपालिका रानिबास सामुदायिक होमस्टे तथा जनजाति संग्रहालयमा सम्पन्न गोष्ठीमा संघ संगै व्यवसायीलाई चुस्त,दुरुस्त र सफल वनाउन वार्षिक कार्ययोजना गोष्ठी गरीएको हो।गोष्ठीमा क्षमता अभिवृद्धि, विभिन्न शिर्षकमा तालिम, विमा, कोष बृद्धि,चाडपर्वमा विषेश कार्यक्रम लगायतका ३८ शिर्षकमा बार्षिक कार्ययोजनाहरु तय गरी गोष्ठी सम्पन्न गरिएको हो।संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' ले संघ, व्यवसायी संगै सामाजिक काममा अग्रसर हुने र संघलाई थप उचाईमा पुर्याउने आफ्नो कार्ययोजना रहेको र सवैको आ-आफ्नो स्थानबाट सक्रिय भएर लाग्नेमा विश्वस्त रहेको बताउंदै विभिन्न विधामा जिम्मेवारी तोकेका थिए।निवर्तमान अध्यक्ष शान्ताराज खरालले सम्पुर्ण व्यवसायी स...
गुगल सर्च पर्सनलाइज हुने, निजी कुराको पनि दिने छ जवाफ

गुगल सर्च पर्सनलाइज हुने, निजी कुराको पनि दिने छ जवाफ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँयदि तपाईंले गुगललाई यात्राको सुझाव माग्नुभयो र तपाईंको विगतको बिदाको प्राथमिकताहरूको आधारमा यसले जवाफ दियो भने तपाईंलाई कस्तो लाग्छ ? गुगलको नयाँ व्यक्तिगत बुद्धिमत्ता उपकरणले अब त्यस्तै गर्ने भएको छ । गुगलले आफ्नो खोज इन्जिनलाई अझ स्मार्ट बनाउन निरन्तर काम गरिरहेको छ । यस प्रयासमा, कम्पनीले आफ्नो एआई मोडको लागि नयाँ ढोका खोलेको छ, जुन तपाईंको जीमेल र गुगल फोटोहरूमा सिधै जडान हुनेछ ।यसको अर्थ तपाईंले खोजी गर्दा, गुगलको एआईले इन्टरनेटबाट जानकारी मात्र तान्ने छैन, तर तपाईंलाई कुन लुगा मन पर्छ वा कुन रेस्टुरेन्टहरूमा जान मन पर्छ भनेर पनि देख्नेछ। यो सबै तपाईंको विगतका फोटोहरू र इमेलहरू मार्फत सम्भव हुनेछ ।यो नयाँ विकल्प रोल आउट गर्न सुरु भएको छ । सुरुमा, यो अमेरिकामा गुगल एआई प्रो र अल्ट्रा सदस्यहरूका लागि उपलब्ध हुनेछ । थप रूपमा, व्यक्तिगत गुगल खाता भएका प्रयोगकर्ताहरूले गुगलको ...