Tag: sancharpatra

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...
चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
६ भदौ, बुटवल । ४ मंसिरको निर्वाचनअघि नै प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार-हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् । स्थायी राजधानी दाङ तोकिएपछि राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा फलामबाट अस्थायी भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २४ वैशाख २०७८ मा ठेक्का सम्झौता गरेको थियो । पहिलो सम्झौताअनुसार चार महिनामा (०७८ साउनभित्र) भवन बनाइसक्नुपर्नेमा काममा ढिलाइ भएपछि प्रदेश सकारकाले निर्माण कम्पनी नै परिवर्तन गरेर भवन निर्माणलाई छिटो सक्ने गरी अर्को सम्झौता गरेको थियो, जसअनुसार असोज मसान्तभित्र काम स...

५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप

Breaking news 1, समाचार
५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ । कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ? मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइने छ । मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ । त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्...
जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ । जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।ब...
कांग्रेस नेता प्रदीप गिरिको निधन

कांग्रेस नेता प्रदीप गिरिको निधन

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाडौं  ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ । नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए । ...
नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्डको ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफु आमरण अनशन बस्ने घोषणा गरेका छन् । आज उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ सहितको टोलीसँग छलफल गर्ने क्रममा उपमहानगर प्रमुखले ठेकेदारको संरक्षणमा बिभाग लागे आमरण अनशन बस्ने घोषणा गरेका हुन् । उनले निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा बिभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘फेरिपनि जालझेल गरेर ठेकेदारको म्याद थप्ने निर्णय भए म सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु ।’ उनले भने,- ‘वर्तमान ठेकेदार कम्पनीबाट बुटवलबासीको बिश्वास टुटेको छ ।’ नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्या...
गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट  सम्मानित

गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट सम्मानित

Breaking news 3, ताजा अपडेट, फिचर, विविध, समाचार
४ भदौ, बुटवल । कुनै पनि पेशा व्यवसायमा निरन्तररुपमा मेहनत गर्ने हो भने सफलता अबश्य प्राप्त गर्न सकिन्छ जसको उदाहरण हुन् गुल्मीकी पत्रकार अनिता खत्री । खत्रीे निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान)द्धारा उत्कृष्ट छनौट भएकी छिन् । उनी अहिले देशभरका सयौ रेडियोबाट उत्कृष्ट छनोट भएकी हुन । गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगार्हजमा स्टेशन म्यानेजरको रुपमा कार्यरत अनिता खत्रीलाई बानले १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा सम्मानित गरेको हो । रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै (वान)ले सम्मान गरेको हो । नेपालमा एफ.एम रेडियो स्थापना, सञ्चालन र व्यवस्थापनका साथै रेडियो आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै संस्थाको तर्फबाट उच्च मूल्याङकन् गर्दै खत्रीलाई सम्मान गरिएको वानले जनाएको छ । राष्ट...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...

कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।  मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’ कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।  वातावरण तथा वन्यजन्त...
रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

Breaking news 1, कृषि, ताजा अपडेट, समाचार
४ भदौ, काठमाडौ । - नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।   रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उहाँको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उहाँको विश्वास छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउनुभयो । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उहाँले ब...