रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए


४ भदौ, काठमाडौ । – नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ ।

दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।  

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उहाँको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उहाँको विश्वास छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउनुभयो । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उहाँले बताउनभयो ।

तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका व्यापारीले बताएका छन् । तत्काल नाका नखुले दशैँ बजार नै प्रभावित हुन सक्ने व्यापारीहरुको भनाइ छ ।

कोरोनाका कारण चीनले तीन वर्ष अघिदेखि नै नाकामा कडाइ गर्न थालेको हो । कोरोना सङ्क्रमण कम भएपछि नाका आंशिक खुलेको थियो । फेरि चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको हो ।  

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...