Tag: sancharpatra

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

Breaking news 2, ताजा अपडेट
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ । काठमाण्डौ – १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो । ...
रेसुङ्गा नगरपालिका १ को आयोजनामा तिज विशेष तथा दरखाने कार्यक्रम सम्पन्न

रेसुङ्गा नगरपालिका १ को आयोजनामा तिज विशेष तथा दरखाने कार्यक्रम सम्पन्न

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
अनिता खत्री गुल्मी, ४ भदौ नारीहरूको महान् पर्व हरितालिका तीजको उल्लास गुल्मीको रेसुङ्गा नगरपालिकामा छाएको छ। यसै क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १ ले तीज विशेष तथा दर खाने कार्यक्रमको भव्य आयोजना गरी पर्वको सांस्कृतिक महत्व, नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशलाई जीवन्त बनाएको छ।रातो पहिरन र गहनामा सजिएका दिदीबहिनीहरूको उल्लासमय उपस्थितिले कार्यक्रमस्थल रंगीविरंगी बनेको थियो। नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृता देवी कुँवर, वडा अध्यक्ष रामप्रसाद पन्थी, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी, वडा सदस्यहरू, समाजसेवी र स्थानीय सरोकारवाला निकायहरूको सहभागिताले कार्यक्रमको गरिमा थप उजागर भएको थियो। उपस्थित सबैले एकअर्कालाई तीजको शुभकामना साटासाट गर्दै पर्वको हार्दिकता र उत्साहलाई साझा गरे।नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशकार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खिलध्वज पन्थीले तीज पर...
बाँदरको आक्रमणबाट मान्छेको ज्यान गयो ,

बाँदरको आक्रमणबाट मान्छेको ज्यान गयो ,

Breaking news 2, ताजा अपडेट
नुवाकोट : नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए । आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए। ...
एक महिनामा गुल्मीमा ५ सडक ३८ पटक अवरुद्ध

एक महिनामा गुल्मीमा ५ सडक ३८ पटक अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
३ भदौ, गुल्मी । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ ।प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अवरोध रुद्रावेणी-वामीटक्सार सडक खण्डमा भएको हो । यो सडक मात्र साउन महिनाभरि १७ पटक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । यो सडकको डहरे खोलामा पक्की पुल अभावले अवरुद्ध हुने गरेको छ । बारम्बारको अवरोधले यात्रु, व्यापारी र स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ ।त्यस्तै कालिगण्डकी करिडोर, जुन राष्ट्रिय गौरवको आयोजनामार्फत निर्माणाधीन छ । साउन महिनामा १३ पटक अवरुद्ध भएको छ । अन्य तीन सडकहरू रिडी–त...
कोशी, बागमती, लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । हिजो बेलुकी र गएराति पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ । ...
पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२ भदौ, गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । ...
मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

Breaking news 2, ताजा अपडेट, विविध
बुटवल, भाद्र १ – बुटवलको देवीनगर चौपारीमा शनिबार अर्घाखाँचीको मरेङ रुपन्देही सम्पर्क मञ्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा वृहत रोपाईँ जात्रा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत रुपमा मनाइने रोपाईँ जात्राका विविध झलकहरू प्रस्तुत गरिएका थिए। दिउँसो श्रीकृष्ण जन्माष्टमीको रथयात्रा, रोपाईँ जात्रा तथा तीज विशेष कार्यक्रम पनि सम्पन्न गरियो। मञ्चका अध्यक्ष दिनेश कुँवरले परम्परागत सांस्कृतिक संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। सहआयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले देवीनगरमा सरायँलाई व्यवस्थित गरेझैँ रोपाईँ जात्रालाई पनि निरन्तरता दिने योजना रहेको जानकारी दिए। कार्यक्रममा सुरुमा कटालेको हाक, उल्टो हलोले जोताई, बाउसेद्वारा सम्माउने, खोक लगाउने, रोपाहारहरूले धानका बीउ हातमा लिएर नाच्दै रोप्ने लगायतका परम्परागत विधिहरूको ...
रेसुङ्गा ६ का किसानको पसिना बाँदर र बदेललाई ,स्थानिय सरकार मौन !

रेसुङ्गा ६ का किसानको पसिना बाँदर र बदेललाई ,स्थानिय सरकार मौन !

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ का किसानहरूको दैनिकी अहिले निकै फरक छ। यो दैनिकी वर्षातको माटोमा पसिना बगाउने मात्र नभई, अनवरत चिन्ता, भय र जागाराममा बित्छ। बिहान घाम झुल्कनुअघि नै ५ बजेदेखि सुरु हुने उनीहरूको संघर्ष बेलुका ८ बजेसम्म मकैबारीको डिलमै बित्छ। चिया, खाजा र खाना पनि त्यहीँ पुग्छ। तर, रात परेपछि संघर्षको स्वरूप फेरिन्छ। अँध्यारोमा टर्च बालेर मकैबारीको वरिपरि गस्ती गर्नुपर्ने उनीहरूको बाध्यता छ। यो संघर्षको मूल कारण हो— दिनमा बाँदरको बगाल र रातमा बदेलको समूहले मकैबारीमा मच्चाएको आतङ्क। स्थानीय कृषक खुमा अधिकारीको पीडादायी अनुभवले यस समस्याको गहिराइलाई झनै स्पष्ट पार्छ। "बर्खाको झरीमा ज्यान थरथराउँछ, तर मकै नहेरी घर जाँदैनौँ," उनी भन्छन्। अधिकारीले असारको पहिलो हप्तादेखि नै आफ्नो बास मकैबारीको डिलमै बनाएका छन्। चिसो, शित र वर्षात्ले स्वास्थ्यमा समेत नकारात...
बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल,२५ साउन ।गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । स...