जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।


५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ ।


जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।बालकाटे अत्तरकाडा वरिपरी जन्म घर भएका र अहिले रुपन्देहिमा बसोबास गर्ने नागरिक हरुको प्रतिनिधीत्व हुने गरि सस्था निर्माणको लागी कार्यसमिती चयन गरिएको छ । जसको अध्यक्षमा यज्ञनाथ मरासिनी ,उपाध्यक्ष कृष्णबहादुर नेपाली सचिव नारायण प्रभात मरासिनी ,सहसचिव सुमित्रा मरासिनी कोषाध्यक्ष गुणनिधि अधिकारी ,सदस्यहरु रुमलाल पौडेल, चंदा पौडेल, दिननाथ मरासिनी ,बाबुलाल सुनार रहनु भएको छ । संस्थामा आवद्ध भई सदस्य हुन चाहने व्यक्तिबाट मासिक बचत संकलन गर्ने निर्णयसमेत गरेको छ । संस्थालाई रुपन्देहीको सैनामैना नगरपालिकामा दर्ता गर्ने निर्णय गर्दै , विधान निर्माणका लागि संयोजक दीपक अधिकारी ,सदस्य जगन्नाथ मरासिनी र भोजिन्द्र प्रसाद मरासिनीलाई जिम्बेवारी प्रदान गरेको छ । संस्था भाद्र ३० गते भित्र दर्ता गरिसक्ने निर्णय समेत गरिएको छ । नयागाउ पार्टीप्यालेसमा भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता भेला संयोजक यज्ञनाथ मरासिनीले गर्नुभएको थियो भने संचालन युवा व्यावसायी दीपक अधिकारीले गर्नुभएको थियो । अको भेला भाद्र महिनाको अन्तिम शनिबार विहान ८ बजे नयांगाउमा बस्ने छ ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...