जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।


५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ ।


जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।बालकाटे अत्तरकाडा वरिपरी जन्म घर भएका र अहिले रुपन्देहिमा बसोबास गर्ने नागरिक हरुको प्रतिनिधीत्व हुने गरि सस्था निर्माणको लागी कार्यसमिती चयन गरिएको छ । जसको अध्यक्षमा यज्ञनाथ मरासिनी ,उपाध्यक्ष कृष्णबहादुर नेपाली सचिव नारायण प्रभात मरासिनी ,सहसचिव सुमित्रा मरासिनी कोषाध्यक्ष गुणनिधि अधिकारी ,सदस्यहरु रुमलाल पौडेल, चंदा पौडेल, दिननाथ मरासिनी ,बाबुलाल सुनार रहनु भएको छ । संस्थामा आवद्ध भई सदस्य हुन चाहने व्यक्तिबाट मासिक बचत संकलन गर्ने निर्णयसमेत गरेको छ । संस्थालाई रुपन्देहीको सैनामैना नगरपालिकामा दर्ता गर्ने निर्णय गर्दै , विधान निर्माणका लागि संयोजक दीपक अधिकारी ,सदस्य जगन्नाथ मरासिनी र भोजिन्द्र प्रसाद मरासिनीलाई जिम्बेवारी प्रदान गरेको छ । संस्था भाद्र ३० गते भित्र दर्ता गरिसक्ने निर्णय समेत गरिएको छ । नयागाउ पार्टीप्यालेसमा भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता भेला संयोजक यज्ञनाथ मरासिनीले गर्नुभएको थियो भने संचालन युवा व्यावसायी दीपक अधिकारीले गर्नुभएको थियो । अको भेला भाद्र महिनाको अन्तिम शनिबार विहान ८ बजे नयांगाउमा बस्ने छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...