कांग्रेस नेता प्रदीप गिरिको निधन


काठमाडौं  ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ ।

नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए ।

छुटाउनुभयो कि ?

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

काठमाडौंवैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत...
औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

काठमाडौँनेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५औँ राष्ट्रिय अधिवेशन, ५३औँ केन्द्रीय वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया...