५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप


५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइने छ ।

मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...
भारतले थप ३७.५ टन राहत सामग्री पठायो

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

काठमाडौंभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाज...