नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्डको ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफु आमरण अनशन बस्ने घोषणा गरेका छन् । आज उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ सहितको टोलीसँग छलफल गर्ने क्रममा उपमहानगर प्रमुखले ठेकेदारको संरक्षणमा बिभाग लागे आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

उनले निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा बिभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘फेरिपनि जालझेल गरेर ठेकेदारको म्याद थप्ने निर्णय भए म सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु ।’ उनले भने,- ‘वर्तमान ठेकेदार कम्पनीबाट बुटवलबासीको बिश्वास टुटेको छ ।’

नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गर्दै बुटवलबासीको आक्रोश बढ्दै गएको र म्याद थप भए जे पनि हुन सक्ने चेतावनी दिए । उनले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह पनि गरे ।

सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठले विभागले निर्माण कम्पनीले समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठले अन्य ठेकेदारले जिम्मा पाएका ठेकेदारहरुको काम सकिंदा कञ्चनजंघा विरुवा जेभीकै जिम्मको काम नसकिनु ठेकेदार कम्पनीको कमजोरी भएको स्विकार गर्दै तर संशोधित खरिद ऐनले सिधै कारवाही गर्न बाधा पारेको बताए । उनले सार्वजनिक खरिद ऐनले सजिलै ठेक्का तोड्ने अनुमति नदिएको उल्लेख गर्दै कडा अनुगमन गरेर काम हुन नसके मात्र ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्ने बताए । उपमहानिर्देक श्रेष्ठले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकोमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको बताएपनि पटक पटक ऐनको कुरा उठाएर म्याद थप्ने संकेत गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखु प्रशासकीय अधिकृत टेकराज पन्थीले सडक निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना बढेको र बुटवलबासीले सास्ती खेप्नुपरेको बताउए । उनले सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले जुनसुकै समन्वय र सहकार्य गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा उपस्थित निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौंभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको जनाएका थिए ।

छुटाउनुभयो कि ?

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्र...
तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भे...