गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट सम्मानित


४ भदौ, बुटवल । कुनै पनि पेशा व्यवसायमा निरन्तररुपमा मेहनत गर्ने हो भने सफलता अबश्य प्राप्त गर्न सकिन्छ जसको उदाहरण हुन् गुल्मीकी पत्रकार अनिता खत्री । खत्रीे निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान)द्धारा उत्कृष्ट छनौट भएकी छिन् । उनी अहिले देशभरका सयौ रेडियोबाट उत्कृष्ट छनोट भएकी हुन । गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगार्हजमा स्टेशन म्यानेजरको रुपमा कार्यरत अनिता खत्रीलाई बानले १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा सम्मानित गरेको हो । रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै (वान)ले सम्मान गरेको हो । नेपालमा एफ.एम रेडियो स्थापना, सञ्चालन र व्यवस्थापनका साथै रेडियो आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै संस्थाको तर्फबाट उच्च मूल्याङकन् गर्दै खत्रीलाई सम्मान गरिएको वानले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा वान स्व.चन्द्र स्मृति उत्कृष्ट रेडियो सञ्चालन् व्यवस्थापन पुरस्कारबाट २५ हजार १ रुपैयाँ नगद पुरस्कार राशि सहित दोसल्ला, सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
२०६४ सालबाट रेडियो यात्रा सुरु गरेकी खत्री अहिले गुल्मी जिल्लाको पहिलो रेडियो रेडियो रेसुङ्गामा स्टेसन म्यानेजरको रुपमा कार्यरत छिन ।
रेडियो क्षेत्रप्रतिको लगाव, निरन्तरको मेहनत लगनशीलताले आफू यो स्थानसम्म ल्याई पुराएको खत्रीको भनाई छ ।ग्रामीण क्षेत्रमा रहेर हरेक नागरिकलाई सुसूचित गर्दै भरपर्दो र विश्वासिलो संचारमाध्यम रेडियोलाई हरेक श्रोता माझ लोपप्रिय बनाउन विषयवस्तु छनोट, लक्षित वर्गका कार्यक्रम निर्माण तथा व्यवस्थापकीय पक्षलाई राम्रो बनाउनमा आफ्नो समय खर्च हुने उनले बताईन ।. यसरी उत्कृष्ट छनौट गरेकोमा संस्था प्रति धन्यवाद व्यक्त गर्दै यस सम्मानले आफूलाई अझै गहन र नागरिकका हरेक जनजिविका सँग साटीदै जिम्मेवार पत्रकारिता गर्नका लागि प्रेरित गरेको समेत उनको भनाई थियो ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...