देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?
लेखक : श्रीराम ज्ञवाली
नेपालले अंगिकार गरेको समाजवाद र उक्त व्यवस्थासम्म पुग्नका लागि आवश्यक पूर्वाधारहरु पूरा गर्नु नै नेपालको उद्देश्य हुनुपर्छ । नेपालमा भएका विभिन्न क्रान्तिहरु सामन्तवाद अन्त्यका लागि गरिएका विभिन्न आन्दोलनहरु सफल भए । तर त्यही प्रवृत्ति शासकहरुमा दोहोरिएको छ । यसका लागि सबैले नसोचेमा नेतृत्वप्रति पुनः निर्णायक आन्दोलन हुन सक्छ । सामन्तवादको निराकरण पछि आर्थिक क्रान्ति हुनुपर्छ । जसमा दलाल पूँजीवादलाई परास्त गर्दै देशमा सम्भावना रहेका उत्पादन गर्न सकिने उपभोग्य चीजहरु उत्पादन गरी पर्याप्त भए विदेशहरुमा समेत निर्यात गरी सन्तुलित आर्थिक विकास गर्नुपर्छ । जसमा स्वदेशी कच्चा पदार्थ, स्वदेशी रोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन र पूँजीको संचित गरी जनताको आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित हुर्नुपर्छ ।
हाम्रो विचार बोली र व्यवहारमा ए...







