रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन


कृष्णअन्जान रिडीबजार

कहिले आउला सँगिहाे हामी दुखिका सुखका दिन , गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन । रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे । यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे । त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन । रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्डकी नदिकाे बगरका ढुँगा हुन । के गरम याे काम नगरी हातमुख जाेडिन्न ,मैले कुटेकाे गिट्टी बेचेर तीन जना परिवारकाे दुईछाक दुखले चल्छ बृद्ध गिट्टी मजदुर लाेक बहादुर मगरले भने । रिडीबजारमा बालुवा र गिट्टीकाे भरमा आफ्नो हातमुख जाेर्ने करिब दुईसय मजदुर हरु छन तर दुई वर्ष अघिदेखि कालिगण्डकी नदिकाे बालुवा निकाल्न सर्वाेच्च अदालतले राेक लगाएपछि उनिहरुकाे राेजिराेटि त खाेसिएकाे छ नै जीवन जिउन समेत साह्रै अप्ठ्याराे छ ।

केहिले त गिट्टी कुटेका छन तर त्याे गिट्टीकाे मूल्य प्रति टिन बाईस रुपैया छ र दिनमा मुस्किलले पाँचटिन कुटिन्छ तर गिट्टी बिक्दैन । गाउँ घरमा कमसल गिट्टी टिनकाे १ सय सम्म बिक्छ तर यति राम्रो र गुणस्तर गिट्टीकाे मूल्य छैन । कालिगण्डकी नदिकाे बालुवा खुल्दा मजदुरहरुले बालुवा लाेड गरेर दैनिक पाँच सय सम्म कमाउँथे ।परिवारमा दुईजनाले दैनिक एकहजार कमाउँदा परिवारकाे पालन पाेषण राम्रै थियाे तर दुईवर्ष अघिदेखि बालुवाकाे उत्खनन बन्द छ । यसैकाे कारणले याे क्षेत्रमा निर्माण कार्य पनि महँगाे छ ,रुरुक्षेत्र गाउँपालिकाले बालुवा र ढुँगाकाे कर उठाउन पाएकाे छैन ,मजदुरकाे राेजिराेटि गुमेको छ । खै के भएर राेकिएकाे हाे ,हामी गरिबलाई के थाहा तर जे भएर राेकिए पनि र जसले राेकेपनि बालुवा लाेड गरेर जीवन धानेका हामी गरिबको पेटमा लात हानिएकाे छ रिडीबजारका मजदुर नित्य बहादुर कुमालले भने । बालुवा लाेड गरेर कुमालका पाँच जनाकाे परिवारकाे गुजारा चल्दै आएकाे थियाे । यहि बालुवा लाेड गरेर मजदुर हरुले पेट पाल्थे ,धेरैजसाेकाे न जग्गा जमिन छ ,न घर छ न अरु कुनै पेशा न गरिबलाई हेर्ने काेहि छ रुरुक्षेत्र १ का नरेन्द्र रेश्मीले दुख पाेखे । बालुवा बन्द भएपछि मजदुरकाे दुख देख्न नसकेर रिडीबजारका केही युवाहरूको पहलमा केही महिना बालुवा खुलेपनि फेरि बन्द छ । त्यसाेत कालिगण्डकी किनारकाे बालुवा खाेलेर मजदुर हरुकाे राेजिराेटि बहाल गराउन रिडीका जागरुक युवा हिमाल श्रेष्ठ ,नवराज विक ,नरेन्द्र रेश्मीकाे टाेली विभिन्न अड्डाहरुमा ज्ञापन पत्र बाेकेर पुगे पनि बालुवा खुलेन । रिडीबजारका मजदुर चुरामणी गाहा दिनभरि कालिगण्डकी नदिकाे बगर तिर हेर्दै लामचौताराेमा बसरे दिन कटाउँछन । उनलाई आशा छ कुनैदिन बालुवा खुल्नेछ र परिवार पाल्ने श्राेत भेटिने छ तर उनकाे परिवारकाे भाेकाे पेटकाे जलन राज्यका निकाएले न बुझ्छ न कुनै पहल नै हुन्छ । छाेरा छाेरी भाेक भाेकै छाडी हिँड्नु पर्छ , सम्झिल्याउँदा आँखाबाट वर्षे भेल झर्छ , मलाई मात्र हाेकी यस्तो अरुलाईनि यस्तै यता हेर्छु उता हेर्छु दुखि मैँ जस्तै बरै मलाई मात्रै दुख त हाेईन अरुलाईनि शुख त केही छैन मन बुझाउने केहिबाटाे छैन बगर तिर हेर्दैछु रातदिन ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...