डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द


गुल्मी भदौ २७ ।
बिद्यार्थीमा डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द गरिएको छ । मुसिकोट नगरपालिका ४ दजाकोटमा रहेको पशुपति निम्न माध्यमिक बिद्यालयको नियमित पठनपाठन बन्द गरिएको छ। बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० विद्यार्थीले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ। बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो।

सबैको सहमतिमा १र२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक छात्र र कक्षा दुईमा अध्ययनरत एक छात्राको रगत परिक्षणमा डेङ्गु संक्रमण पोजिटिभ देखिएपछी मुसिकोट नगरपालिका शिक्षा शाखाको निर्देशन अनुसार बिधालयले सुचना प्रकाशित गरेर बढ्दो भाईरल र डेङ्गु रोग संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले २६ गते देखि बिधालयको नियमित पठनपाठन स्थगित गर्ने निर्णय गरको थियो ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...