डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द


गुल्मी भदौ २७ ।
बिद्यार्थीमा डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द गरिएको छ । मुसिकोट नगरपालिका ४ दजाकोटमा रहेको पशुपति निम्न माध्यमिक बिद्यालयको नियमित पठनपाठन बन्द गरिएको छ। बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० विद्यार्थीले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ। बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो।

सबैको सहमतिमा १र२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक छात्र र कक्षा दुईमा अध्ययनरत एक छात्राको रगत परिक्षणमा डेङ्गु संक्रमण पोजिटिभ देखिएपछी मुसिकोट नगरपालिका शिक्षा शाखाको निर्देशन अनुसार बिधालयले सुचना प्रकाशित गरेर बढ्दो भाईरल र डेङ्गु रोग संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले २६ गते देखि बिधालयको नियमित पठनपाठन स्थगित गर्ने निर्णय गरको थियो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...