Advertisement

देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?


लेखक : श्रीराम ज्ञवाली

नेपालले अंगिकार गरेको समाजवाद र उक्त व्यवस्थासम्म पुग्नका लागि आवश्यक पूर्वाधारहरु पूरा गर्नु नै नेपालको उद्देश्य हुनुपर्छ । नेपालमा भएका विभिन्न क्रान्तिहरु सामन्तवाद अन्त्यका लागि गरिएका विभिन्न आन्दोलनहरु सफल भए । तर त्यही प्रवृत्ति शासकहरुमा दोहोरिएको छ । यसका लागि सबैले नसोचेमा नेतृत्वप्रति पुनः निर्णायक आन्दोलन हुन सक्छ । सामन्तवादको निराकरण पछि आर्थिक क्रान्ति हुनुपर्छ । जसमा दलाल पूँजीवादलाई परास्त गर्दै देशमा सम्भावना रहेका उत्पादन गर्न सकिने उपभोग्य चीजहरु उत्पादन गरी पर्याप्त भए विदेशहरुमा समेत निर्यात गरी सन्तुलित आर्थिक विकास गर्नुपर्छ । जसमा स्वदेशी कच्चा पदार्थ, स्वदेशी रोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन र पूँजीको संचित गरी जनताको आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित हुर्नुपर्छ ।

हाम्रो विचार बोली र व्यवहारमा एकरुपता हुनुपर्छ । एउटा सोंच्ने अर्काे बोल्ने र झनै अर्काे व्यवहार गर्ने भएमा हिंसा निम्तिन सक्छ । हामी समाजवाद भनिरहँदा दलाल पूँजीवादलाई हटाउनु पर्छ । वर्तमान नेतृत्वमा पुगेका दलहरु पूँजीवादमा लिप्त छन् । घर, जग्गा, गाडी, बैंक ब्यालेन्स, भड्कीलो जीवनशैली र आसेपासेलाई पोस्ने काम मात्र भइरहेको छ । अब कच्चा पदार्थको उत्खनन् गर्ने, स्वदेशी खाद्य सामग्रीको उपयोग गर्ने, स्वदेशी कपडाहरुको प्रयोग गर्ने, अन्य उपभोग्य चीजहरु स्वदेशीलाई प्राथमिकता दिनुपर्छ । शिक्षामा हाम्रो भौगोलिक बनौट र हाम्रो देशको विकास हुने खालका प्राविधिक उत्पादनमुखी स्वरोजगारका लागि शिक्षा हुनुपर्छ । सँगै नैतिक शिक्षा पनि साथसाथै लैजानुपर्छ । स्वास्थ्य क्षेत्रमा पनि पहीला देशमा सम्भावना रहेका औषधिहरु उत्पादन गर्र्ने ,आवश्यक विशेषज्ञहरु उत्पादन गर्ने र स्वास्थ्यमा रहेको दलालीकरण अन्त्य गर्नुपर्छ । सँगै निजीस्तरबाट सञ्चालित हस्पिटलहरुलाई उचित मूल्यांकन गरी राज्यले अपनत्व लिनु पर्छ । यसैगरी स्वरोजगारमूलक शिक्षा प्रणाली अवलम्बन गरी देशका नागरिकले आफ्नो दक्षताका आधारमा रोजगारी प्राप्त गर्ने वातावरण राज्यले बनाउनु पर्छ ।

राज्यका सबै नागरिकको आ–आफ्नो दक्षता अनुरुपको काम गर्ने वातावरण हुनु पर्छ । असक्त असहायलाई राज्यले संरक्षण गर्नुपर्छ । समग्र देश र जनताको विकास र समृद्धिका लागि बौद्धिक र शारीरिक श्रम नै प्रमुख हो भन्ने मूल मन्त्र अनुभूत हुुनुपर्छ । वर्तमानमा अधिक ठगी गर्ने प्रचलन सर्वत्र छ । आम नागरिकदेखि राजनीतिकर्मीहरुमा ठगी गरेमा प्रगति हुन्छ भन्ने धारणा बसिसकेको छ । यसलाई परिमार्जन गरी श्रमको महत्व आभास हुने गरी श्रमिकको सम्मान गर्ने र अवैधानिक पूँजी जोड्नेलाई दण्डित गर्नुपर्छ । आम नागरिकलाई सचेत बनाउने गर्नुपर्छ । र जानाजान कसैले दुस्साहस गर्छ भने त्यसलाई कसुरअनुसारको दण्ड दिनुपर्छ । क्रमशः सचेत बनाउँदै र दण्डित गर्दै अगाडि बढ्नु पर्छ ।

देशमा विदेशीको चलखेल त्यत्तिकै बढ्दो छ । छिमेकी देश भारतले दिनानुदिन सीमा कब्जा गर्दै आइरहेको छ । देशको राजनीतिमा पनि त्यत्तिकै हस्तक्षेप बढाएको छ । त्यस्तै अमेरिका हाललाई विश्वको शक्तिशाली देशमा गनिन्छ, त्यसले पनि संसारका विभिन्न मुलुकमा हस्तक्षेप गरिआएको र नेपाललाई क्रमशः हस्तक्षेप र आफ्नो अनुकूल बनाउन प्रयास गरी राखेको छ । भारत, अमेरिका, चीन वा अन्य कुनै पनि मुलुकले हाम्रो गौरवशाली इतिहास कहिले औपनिवेशिक नभएको राष्ट्रको चिनारी हामी सधैँभरि राख्नुछ ।

हाम्रो देशका प्रमुख राजनीति दलहरुले सत्ता टिकाउन विदेशीको इशारामा चल्ने गरेका छन् । आर्थिकलगायतका विषयहरुमा विदेशीकै भर गरिरहेका छन् । राष्ट्रवादी र जनताप्रेमी देशको सार्वभौमिकता अखण्डताका लागि काम गरेको केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारका समयमा देशको शान्ति सुव्यवस्था, अर्थतन्त्र, परराष्ट्र सम्बन्धमा राष्ट्र र जनतासँग सरोकार राखेको सरकारबाट देश समृद्ध हुँदै गर्दा अस्थिरता चाहने देशी तथा विदेशीहरुले गर्दा टीक्न सकेन । यो देश र जनता प्रतीको घात हो । विभिन्न समयकालमा विदेशीले नाकाबन्दी गरी आयात निर्यातमा रोक लगाउँदा पनि बरु एक छाक खान संघर्ष गर्न तैयार छांै, तर विदेशीको प्रभुत्व स्वीकार गर्र्दैनौं, भन्ने एकताको आवाज उठाउँदै आएका छन् । यसलाई अन्य नेतृत्वले अवमूल्यन गर्दै आएका छन् । नेताहरु राष्ट्रप्रेमीभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोमा जनता निराशा छन् । नेताहरुले जनतामाझ जाँदा बलियो सुरक्षा संयन्त्र लिएर जानुपर्ने नभए जनताले प्रतिकार गर्ने सम्भावना उत्तिकै बढ्दो छ । यसले हाम्रो राष्ट्रियता, विकास, समृद्धिमा दिनानुदिन अवरोध बढ्दै गएको पाइन्छ । देश अर्धऔपनिवेशिक भएको अवस्थामा छ । देशको प्रशासनका लागि विदेशीहरुसँग ऋण लिएर चल्नु पर्ने अवस्था छ ।

समाजवादका लागि अर्धसामन्ती अर्धपनिवेशिक र दलाल पूँजीवादलाई हटाउँदै हाम्रो नेपालको प्राकृतिक स्रोत, साधन, मौलिकता, भौगोलिकता, संस्कृति, संस्कार र माटो सुहाउँदो विकास गरी आफ्नो पहिचान राख्नु पर्छ । आउँदै गरेको निर्वाचनमा यिनै विषयका आधारमा पार्टी एवं नेतालाई विजय वा पराजय बनाउनुपर्छ ।

छुटाउनुभयो कि ?

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्...

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो...

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि ...
सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।...