कवि लक्ष्मण ज्ञवालीको किसान कविता संङ्ग्रह अच्छा रहेछ ,


लेखक कृष्ण पौड्याल

पारिवारिक वातावरणले साहित्यिक पृष्ठभूमिमा हुर्केका लक्ष्मण ज्ञवालीको पहिलो काव्यकृति `किसान कविता सङ्ग्रह´ हातपर्यो । पुराना पुस्तक व्यवसायी , प्रचुर पारिवारिक साहित्यिक पृष्ठभूमि भएर पनि उमेरले  तीनबिस काटेका लेखकको `यो पहिलो कृति हो ´ भन्दा मलाई नै आश्चर्य लागेको थियो ।  तर ढिलै होस् ! राम्रै होस् ! ´ भन्ने उखानलाई चरितार्थ गर्दै वास्तव मै अच्छा पुस्तक तयार गरेछन् कवि ज्ञवालीले । ज्ञवालीको `किसान कविता संङ्ग्रह´ प्राप्त भएछि  पुस्तक समिक्षक वा समालोचकको भूमिकामा नभएर सर्वसाधारण  पाठकका रुपमा दृष्टिभाव व्यक्त गर्न मन लाग्यो र  तत्कालै टाइप गर्न थालेँ ।

साबिक गुल्मी छत्रकोट  बोहा जन्मभूमि भएका सादगी,मृदुभाषी र सामाजिक स्वभावका लेखकको  हालको बसाइ  रुपन्देहीको तिलोत्तमा शंकरनगर हो । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले प्रकाशन गरेको लेखक ज्ञवालीका १०४ वर्षीय  पिता ऋषिराम ज्ञवालीको कृति ` ऋषिकृत भजन संग्रह´ पनि पढ्ने अवशर प्राप्त भएको थियो । उहाँका दिदीभिनाजु दुर्गा पौडेल र मदनलाल पौडेलको जोडी पनि पत्रकार एवं लेखकका रुपमा परिचित जोडी  हो । त्यसैगरी यस क्षेत्रको राजनितिक र साहित्यिक विकासमा लेखकका जेठा दाजु स्वर्गीय लेखनाथ ज्ञवालीको पनि  अतुलनीय योगदान छ ।

      आफ्ना मातापिताप्रति समर्पणभाव अर्पण गरि आरम्भ  गरिएको ६५ पेजको छुट्क्याइलो कविता संग्रहका ४२ वटा कविताका शीर्षकहरू मध्ये क्रमाङ्कमा पहिलो र लेखन मितिका हिसाबले पछिल्लो समयमा अन्नदाता किसानका  सम्मानमा लेखिएको ` किसान´ शीर्षकले यो  कविता सङ्ग्रहको आवरण परिचय पाएको छ । इमान्दारीता र लागातारको परिश्रमबाट आफ्ना पसिना सिञ्चित गरि अरुको भोकप्यास मेटाउने किसान ,आफू भने सदा  एकसरो कछाड मै रहने न त उसलाई सहुलियत छ न त सान्त्वना नै सदा संघर्षमा बाँच्न बाध्य कृषिप्रधान देशको विवश किसानमा समर्पित  `किसान कविता सङ्ग्रह ´ शीर्षकले पुस्तकको शीर्षक सार्थकता पाएको छ भने हरित आवरणले अझ सुगन्ध थपेको छ । लोकलय र शास्त्रीय छन्दको प्रयोग गरि रचिएका सबै कविताहरू  कालजयी रुपमा देखिन्छन् ।

शिक्षा, राजनीति, समाज र  परिवेशलाई ध्यान दिएर लेखिएका आकारका हिसाबले पनि छुट्क्याइला र फरक फरक छन्दका भएर होला सबै कविता पढ्दा  रोचकता आभाष हुन्छ । वीरता, वात्सल्यता लगायतका  गहनाले सजिएको यो पुस्तकमा समग्र रुपमा समाज परिवर्तनलाई विशेष जोड दिइएको छ । तीसको दशकमा लेखिएका `गरिबको पुकार´, `आह्वान´ र `एकताले देश बन्छ´ जस्ता कविताले तत्कालीन  राज्यव्यवस्था विरुद्ध आवाज उठाएको छ भने हाल विद्यमान दलहरूका अकर्मण्यताका कारण यी कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । बाललोकलयमा लेखिएको  `सुन सुन नानी हो´ कवितामा पनि तोते बोली मै परिवर्तन सिकाउन लेखक पछि परेका छैनन् । `शारदा´ र `वनवाटिका सान हाम्रो´ कवितामा लेखकले कर्मथलो प्रति उत्तिकै भक्तिभाव र अपनत्व दर्शाएका छन् ।
यो पुस्तकका सबै कविता उत्कृष्ट र अब्बल छन् ।

हरेक कवितामा चेतना, हक-अधिकार र आवाज दर्शिएको छ । लेखकले किशोरावस्था  देखि खोजेको देश र  समाजको   राजनैतिक व्यवस्था परिवर्तन त भएको छ तर आम जनताको अवस्था भने अझै पनि `शिशु लोकतन्त्र´ मा व्यक्त गरिए जस्तै छ ।

जनता हुन् आमा उसका बाबू बने नेता।
मैले ल्याएँ प्रजातन्त्र भन्दै बाँधे फेटा ।।
लोभ, पाप , राष्ट्रघात चल्यो मनीतन्त्र ।
किन होला सधैं शिशु हाम्रो लोकतन्त्र ।।

१९/२० वर्षे ठिटो उमेरमै  छन्दमा कविता लेख्न थालेका र बारम्बार  फुटकर लेख रचना प्रकाशित गरेका लेखकले ६५ वर्ष पुग्दा बल्ल प्रथम पटक पुस्तक प्रकाशन गर्नु लेखकको कमजोरीपना देखिन्छ ।  क्षमतावान सर्जक चुप लागेर बसेमा नेपाली साहित्य जगतलाई समेत नोक्सानी ठहर्छ भन्ने मेरो मान्यता हो । यस कृति उपर मेरो कुनै सुझाव छैन केवल धन्यवाद र शुभकामना मात्र छ । यो कृतिले चर्चा पाओस् । यस पुस्तकका अन्य संस्करणहरू र लेखकका अन्य कृतिहरू पनि  छिट्टै पढ्न पाइयोस् ! जय होस् !

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...