Advertisement

कवि लक्ष्मण ज्ञवालीको किसान कविता संङ्ग्रह अच्छा रहेछ ,


लेखक कृष्ण पौड्याल

पारिवारिक वातावरणले साहित्यिक पृष्ठभूमिमा हुर्केका लक्ष्मण ज्ञवालीको पहिलो काव्यकृति `किसान कविता सङ्ग्रह´ हातपर्यो । पुराना पुस्तक व्यवसायी , प्रचुर पारिवारिक साहित्यिक पृष्ठभूमि भएर पनि उमेरले  तीनबिस काटेका लेखकको `यो पहिलो कृति हो ´ भन्दा मलाई नै आश्चर्य लागेको थियो ।  तर ढिलै होस् ! राम्रै होस् ! ´ भन्ने उखानलाई चरितार्थ गर्दै वास्तव मै अच्छा पुस्तक तयार गरेछन् कवि ज्ञवालीले । ज्ञवालीको `किसान कविता संङ्ग्रह´ प्राप्त भएछि  पुस्तक समिक्षक वा समालोचकको भूमिकामा नभएर सर्वसाधारण  पाठकका रुपमा दृष्टिभाव व्यक्त गर्न मन लाग्यो र  तत्कालै टाइप गर्न थालेँ ।

साबिक गुल्मी छत्रकोट  बोहा जन्मभूमि भएका सादगी,मृदुभाषी र सामाजिक स्वभावका लेखकको  हालको बसाइ  रुपन्देहीको तिलोत्तमा शंकरनगर हो । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले प्रकाशन गरेको लेखक ज्ञवालीका १०४ वर्षीय  पिता ऋषिराम ज्ञवालीको कृति ` ऋषिकृत भजन संग्रह´ पनि पढ्ने अवशर प्राप्त भएको थियो । उहाँका दिदीभिनाजु दुर्गा पौडेल र मदनलाल पौडेलको जोडी पनि पत्रकार एवं लेखकका रुपमा परिचित जोडी  हो । त्यसैगरी यस क्षेत्रको राजनितिक र साहित्यिक विकासमा लेखकका जेठा दाजु स्वर्गीय लेखनाथ ज्ञवालीको पनि  अतुलनीय योगदान छ ।

      आफ्ना मातापिताप्रति समर्पणभाव अर्पण गरि आरम्भ  गरिएको ६५ पेजको छुट्क्याइलो कविता संग्रहका ४२ वटा कविताका शीर्षकहरू मध्ये क्रमाङ्कमा पहिलो र लेखन मितिका हिसाबले पछिल्लो समयमा अन्नदाता किसानका  सम्मानमा लेखिएको ` किसान´ शीर्षकले यो  कविता सङ्ग्रहको आवरण परिचय पाएको छ । इमान्दारीता र लागातारको परिश्रमबाट आफ्ना पसिना सिञ्चित गरि अरुको भोकप्यास मेटाउने किसान ,आफू भने सदा  एकसरो कछाड मै रहने न त उसलाई सहुलियत छ न त सान्त्वना नै सदा संघर्षमा बाँच्न बाध्य कृषिप्रधान देशको विवश किसानमा समर्पित  `किसान कविता सङ्ग्रह ´ शीर्षकले पुस्तकको शीर्षक सार्थकता पाएको छ भने हरित आवरणले अझ सुगन्ध थपेको छ । लोकलय र शास्त्रीय छन्दको प्रयोग गरि रचिएका सबै कविताहरू  कालजयी रुपमा देखिन्छन् ।

शिक्षा, राजनीति, समाज र  परिवेशलाई ध्यान दिएर लेखिएका आकारका हिसाबले पनि छुट्क्याइला र फरक फरक छन्दका भएर होला सबै कविता पढ्दा  रोचकता आभाष हुन्छ । वीरता, वात्सल्यता लगायतका  गहनाले सजिएको यो पुस्तकमा समग्र रुपमा समाज परिवर्तनलाई विशेष जोड दिइएको छ । तीसको दशकमा लेखिएका `गरिबको पुकार´, `आह्वान´ र `एकताले देश बन्छ´ जस्ता कविताले तत्कालीन  राज्यव्यवस्था विरुद्ध आवाज उठाएको छ भने हाल विद्यमान दलहरूका अकर्मण्यताका कारण यी कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । बाललोकलयमा लेखिएको  `सुन सुन नानी हो´ कवितामा पनि तोते बोली मै परिवर्तन सिकाउन लेखक पछि परेका छैनन् । `शारदा´ र `वनवाटिका सान हाम्रो´ कवितामा लेखकले कर्मथलो प्रति उत्तिकै भक्तिभाव र अपनत्व दर्शाएका छन् ।
यो पुस्तकका सबै कविता उत्कृष्ट र अब्बल छन् ।

हरेक कवितामा चेतना, हक-अधिकार र आवाज दर्शिएको छ । लेखकले किशोरावस्था  देखि खोजेको देश र  समाजको   राजनैतिक व्यवस्था परिवर्तन त भएको छ तर आम जनताको अवस्था भने अझै पनि `शिशु लोकतन्त्र´ मा व्यक्त गरिए जस्तै छ ।

जनता हुन् आमा उसका बाबू बने नेता।
मैले ल्याएँ प्रजातन्त्र भन्दै बाँधे फेटा ।।
लोभ, पाप , राष्ट्रघात चल्यो मनीतन्त्र ।
किन होला सधैं शिशु हाम्रो लोकतन्त्र ।।

१९/२० वर्षे ठिटो उमेरमै  छन्दमा कविता लेख्न थालेका र बारम्बार  फुटकर लेख रचना प्रकाशित गरेका लेखकले ६५ वर्ष पुग्दा बल्ल प्रथम पटक पुस्तक प्रकाशन गर्नु लेखकको कमजोरीपना देखिन्छ ।  क्षमतावान सर्जक चुप लागेर बसेमा नेपाली साहित्य जगतलाई समेत नोक्सानी ठहर्छ भन्ने मेरो मान्यता हो । यस कृति उपर मेरो कुनै सुझाव छैन केवल धन्यवाद र शुभकामना मात्र छ । यो कृतिले चर्चा पाओस् । यस पुस्तकका अन्य संस्करणहरू र लेखकका अन्य कृतिहरू पनि  छिट्टै पढ्न पाइयोस् ! जय होस् !

छुटाउनुभयो कि ?

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्...

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो...

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि ...
सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।...