आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह


काठमाण्डाै – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...