आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह


काठमाण्डाै – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...