कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला



कृष्ण अन्जान
सटखोला ग्वादी

मुस्किलले आठ नौ घर रहेको मगर बस्ति दुईतिर रुखले ढाकेका खोल्सा तिनै दुईखोल्सीको बिचमा उत्तर बाट दक्षिणतिर लाम्चो परेर फिँजारिएको डाँडो साविकको ग्वादी गाउँ विकास समिति र हालको रुरुक्षेत्र गाउँपालिकाको वडा न २ मा रहेको सटखोलाले ठुलै ईतिहास बोक्छ ।
गाउँमा पुग्दा भिम बहादुर लामिछाने घरमै मेलापात गोबर सोत्तरमा व्यस्त भेटिए तर यहि व्यस्तताका बिचमा उनले त्यहाँ पुगेका एमालेनेता हरु कमल राज श्रेष्ठ ,हरी ज्ञवाली लगाएत सँग दरिलो कमरेडि हात मिलाएर अभिभादन गरे ।
उनलाई यो कुराको बानी परेको धेरैभो ।पन्चायतको कालरात्रिमा यहि सटखोला हो जसले कम्युनिस्ट नेता हरुलाई वर्षौँ सम्म आश्रय दियो ।
उन्चालीस साल तिरबाट कम्युनिस्ट नेताहरु यहाँ आएर बस्न थाल्नु भएको हो । यो निरन्तरता छयालीस सालको जनआन्दोलन सम्म रह्यो करिब सत्तरी वर्ष कटेका लामिछानेले भने ।
सटखोला अर्थात मगर भाषामा सट भनेको आँप र यो ठाउँमा आँप पाईने हुँदा सटखोला नाम रहेको भनाई छ ।त्यसोत यसक्षेत्र वरिपरिका टोल वस्तिहरुको नाम पनि मगरभाषा बाट रहेर अपभ्रँस भएका छन ।
मगर भाषामा ग्वादी र नेपाली भाषामा कुखुरे पानी ,मगर भाषामा कोलाङदी नेपाली भाषामा सङलो पानी र अपभ्रँस हुँदै कोलौदी ,मगर भाषामा गुवाङँदी र नेपाली भाषामा पोथी पानी र अपभ्रँस हुँदै गोविन्दे ,मगरभाषामा रिदी ,नेपाली भाषामा कालोपानी यसरी रहेका नाम हरु यहि सटा खोला वरिपरि छन ।
मगर बस्ती भएपनि सटखोलाका मगर हरुभने मगर भाषा बोल्दैनन तर स्वाभाव सिधासाधा छ ।
मुख्य रुपमा तत्कालीन नेकपा मालेले यो ठाउँलाई नेताहरुको आश्रय स्थलमात्र बनाएन पार्टीका केन्द्रीय स्तरका बैठक पनि यहिँ भएको स्मरण गर्छन लामिछाने ।
तत्कालीन मालेका नेताहरु पटक पटक यहाँका घरहरुमा बस्ने र गोप्य बैठक हरु यहिँ गर्ने गर्नु हुन्थ्यो ,यो प्रक्रिया २०३९ साल देखि छयालीस सालको आन्दोलन अगाडि सम्म जारी रह्यो उनले भने ।
सटखोला कम्युनिस्ट नेताहरूका लागि अत्यन्त सुरक्षित थियो ,जति दिन बसेपनि त्यहि टोलका बाहेक कसैले थाहा नपाउने हुनाले आफु पनि महिनौं सटखोलामा भुमिगत जीवन विताएको सम्झना गर्छन एमाले नेता कमल राज श्रेष्ठ ।
गुल्मीका कम्युनिस्ट नेता एकदेव ज्ञवाली ,सिद्धिनाथ ज्ञवाली ,युवराज ज्ञवाली , साथै बिष्णु पौडेल देवेन्द्र घिमिरे ,कमल राज श्रेष्ठहरु लगाएत धेरै नेता कार्यकर्ता सटखोला लाई भुमिगत जीवनको आश्रय स्थल बनाएका थिए ।
पार्टीका हरेक तत्कालीन निर्णय सट खोलामा हुन्थे ,वास्तवमा कम्युनिस्टहरुको सँगठन निर्माण र आश्रय रहेकाले पनि यो ठाउँ ऐतिहासिक छ एमाले नेता हरि ज्ञवालीले भने ।
सजिलो मा त सबै हुन्छन तर अप्ठ्यारोमा साथ दिएको यो ठाउँ यहाँको समुदाय प्रति श्रद्दाले शिर निहुरिन्छ एमाले नेता कमल राज श्रेष्ठले भने ।
हुनपनि कम्युनिस्ट आन्दोलन र सँगठन निर्माणका कठिन क्षणहरुमा सटखोलाका वासिन्दा हरुले निस्वार्थ भावमा आफ्ना गास काटेर कमरेड हरुलाई खुवाएका थिए ,ओछ्यान छाडेर सुताएका थिए ,सेन्ट्रिको काम गरेर नेताहरूलाई बचाएका थिए र महिनौं लुकाएका थिए वास्तवमा जनताको यो न्यानो मायाँले नेपाली कम्युनिस्ट आन्दोलन यो अवस्थामा पुगेको हो ।
कम्युनिस्ट नेताहरु घरमा आउँदा आफ्नै दाजुभाइ आएजस्तो लाग्छ ,ती कठिन दिनहरुमा पनि हामीले वहाँहरुलाई घरकै परिवार जस्तै गरेर राख्यौं ,जे पाक्छ त्यहि खानु भयो ,हामी सँगै मेलापात सबै गर्नुभयो वहाँहरुको ब्यवहार स्वाभाव देखेर कम्युनिस्ट हुनुपर्ने रहेछ भन्ने लाग्यो धेरै ज्ञानगुनका कुरा पनि सिक्ने सुन्ने अवसर पाईयो भिम बहादुर लामिछानेले भने ।

कुनैपनि क्रान्ति ,आन्दोलन र सँगठन जनताको काखबाट शुरुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो रुरुक्षेत्र गाउँपालिकाको सटखोला र सटखोला अहिले पनि उहि उहि लयमा आफुलाई कम्युनिस्ट किल्लाको रुपमा उभ्याउँदै कमरेडरु आउँदा दरिलो हात मिलाउँदै विगतलाई सम्झाई रहेको छ ।

छुटाउनुभयो कि ?

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...