तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै


गुल्मी भदौ २७ ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ।
तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् । वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालिका र मुसिकोट नगरपालिका भित्रका नागरिहरुलाई फाइदा पुग्दै आएको छ ।यो सडक भएर छिमेकी जिल्ला प्युठानसम्म पनि पुग्न सकिन्छ । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । तर यसबीचमा पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो । मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाई छ ।
अहिले पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको स्थानीय बिद्यार्थी बसु क्षेत्रीले बताइन् । पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाई हुने गरेको उनले बताइन । पुल नहँुदा धेरै जोखि बढेको स्थानीय चक्रबन्धु भुसालले बताए ।
यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको भुसालले बताए । उनले समयमै पुल निर्माण सबैले खबरदारी गर्नुपर्ने बताए । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ । हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोला खोलामा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएका छन् । पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ ।

हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए । घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ ।

फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ ।

धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ । पक्की पुल बन्ने स्थानको घमिर खोलामा गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्णराज बिष्टले स्थलगत अबलोकन गरेका छन् ।

अबलोकनको क्रममा तम्घास सिमलटारी सडक अन्तरगत पर्ने यी सबै खोलाहरुमा पुल निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिइसकेको तर समयमा काम नगर्दा जनताले सास्ती भोग्नुपरेको बिष्टले बताए । ठूलो संघर्षले तम्घास सिमलटारी सडक कालोपत्रे गर्न सफल भएको उनले बताए । सडक कालोपत्रे भएपछि पक्की पुल बन्न बाँकी रहेका स्थानहरुमा तोकिएकै समयमा पुल निर्माण कार्य सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको बिष्टले बताए । ठेक्का पाएको निर्माण कम्पनीले आउँदो असोज देखि निर्माणकार्य सुरुगर्ने बताएका छन् ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीनवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो । तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य भएको थियो । सडकको ट्याक खोलेको ३० वर्षपछि मात्रै कालोपत्रे भएको हो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...