समाज

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ । त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले बताए ।अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी त...
नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ ।सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्...
लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही भैरहवामा मंगलबार सम्पन्न लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको तयारी र सुशासनको जग बलियो बनाई सत्ता हस्तान्तरण गर्ने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताएका छन् । यद्यपि, प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र जनता तथा सुरक्षाकर्मी स्वयं पनि भयभीत र असुरक्षित महसुस गरिरहेको अवस्थामा निर्वाचन गराउन कठिन रहेको चित्रण प्रस्तुत गरेका छन् । दुबै जनाको यो भिन्नताले सङ्घीय प्रणालीमा सुरक्षा जस्तो संवेदनशील विषयमा देखिएको दृष्टिकोणको खाडललाई उजागर गरेको छ ।नेपाल सरकार, गृह मन्त्रालयको आयोजनामा भएको उक्त गोष्ठीमा गृहमन्त्री, मुख्यमन्त्री, गृह सचिव, तीनै सुरक्षा निकायका प्रमुखहरू र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । ...
आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ। आज मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्...
सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहां बाट हटाएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ । ...
शहरी विकास मन्त्री घिसिङलाई सफा,शुन्दर शहर वनाउने अर्को राम्रो अवसर : डा.लक्ष्मी पौड्याल

शहरी विकास मन्त्री घिसिङलाई सफा,शुन्दर शहर वनाउने अर्को राम्रो अवसर : डा.लक्ष्मी पौड्याल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं वाग्मती सफाई महाअभियान काठमाडौं । वाग्मती सफाई अभियन्ता र निस्वार्थ रुपमा विगत १३ बर्षदेखि वाग्मती सफाई महाअभियानमा होमिएका हामी स्वयंसेवकहरू पटकपटक राज्यका जिम्मेवार निकायबाट धोका खाएका छौँ। वाग्मतीलाई ढलमुक्त बनाउने आश्वासन पटकपटक पाएता पनि,परिणाम देखिने गरी कामै भएन! शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङज्यूको वाग्मती सफाई महाअभियानमा उपस्थिति र चासोले हामीमा केहि आशा पलाएको छ। तर, हामी परिणाम/ रिजल्टमा विश्वास गर्छौ। हामी मन्त्रीज्यूलाई सफा शहर र ढलमुक्त वाग्मती बनाउनका लागि केही ठोस कदम तल्काल चाल्न अनुरोध गर्दछौं । चाहेमा छोटो समयमा पनि सिस्टम सुधारका काम गर्न सकिन्छ जस्तै: १) काठमाडौं,ललितपुर लगायतका संबन्धित सबै स्थानीय सरकार र फोहर संकलकलाई एक ठाउँमा राखेर छलफल गरि फोहर व्यवस्थापनको समय,पटक, रकम,घरघरमै फोहरको अनिवार्य बैज्ञानिक बर्गिकरणको व्यवस्था, न...
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो। योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ। ‘हामीले आवश्यक संख्याको कुरा गरेका छौँ। अब यसमा सरकारले दिने बजेट अनुसार कति समयका लागि खटाउने भन्ने निर्णय हुन्छ,’ केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने। यसअघि निर्वाचनमा निश्चित समयका लागि खटाइने सुरक्षा जनशक्तिलाई म्यादी प्रहरी भनिँदै आएको थियो। तर यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिव आनन्द क...
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन

लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णय गरेको हो। केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्। प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले...
मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले शनिबार ७७ वटै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ। जस अन्तर्गत रूपन्देहीको बुटवलमा पनि जागरण सभा सम्पन्न भएको छ।सभालाई सम्वोधन गर्दै वक्ताहरुले मुलुकको भाग्य र भविष्य वनाउने पार्टी एमाले भएको वताएका छन्।सभामा वोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले संविधान र लोकतान्त्रको रक्षा गर्न एमालेले देशभर जागरण सभाको आयोजना गरेको वताए।विश्वकर्माले भदौ ‌२३ वेलुका र २४ गते भएको जनधन र सार्सार्वजनिक सम्पत्तिको क्षति गर्ने लाई कारवाहीको माग एमालेले उठाएको वताए।उनले अन्यथा अस्थिरता चाहनेले द्वन्द्व निम्त्याउने सक्रिय भईरहने र मुलुक द्वन्द्व र अस्थिरतामा रहिरहने वताए।मुलुक लयमा फर्काउन संसद पुनःस्थापना र आवस्यक नितिनियम संसोधन गरि अगाडि बढ्नुपर्ने धारणा राखे।उनले अहिलेको सरकारले छुट्टयाईएका योजना हरूको पनि वजेट कटौती गरेकोमा खेद प्रकट गरे। एमालेका पोलिटब्य...
रुपन्देही व्यापार संघको १३ औं अधिवेशन, अस्थिर राजनीतिले व्यवसायमा गम्भीर असर परेको ठहर

रुपन्देही व्यापार संघको १३ औं अधिवेशन, अस्थिर राजनीतिले व्यवसायमा गम्भीर असर परेको ठहर

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीआर्थिक क्षेत्रमा देखिएको असहज अवस्थाको सहि पहिचान गरि त्यसको समाधानका लागि बृह्त दिगो कार्ययोजना बनाउन आग्रह गरिएको छ । राजनीतिक रुपमा आएको नया परिवेशले सबैलाई समिक्षाको लागि दवाव दिएको बताउदै नया ढंगले अगाडी बढ्न नसकेमा धाराशाही बन्ने स्थिती उत्पन्न भएको भन्दै चेतावनी दिइएको छ ।बुटवलमा शुक्रवार आयोजित रुपन्देही व्यापार संघको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्दघाटन सत्रमा बोल्ने बक्ताहरुले उद्योग वाणिज्य क्षेत्रमा जेनजी आन्दोलनपछि नया अवस्था र समस्या सिर्जना भएको उल्लेख गर्दै त्यसमा आत्मसमिक्षा गर्दै सामुहिक रुपमा सामना गर्नुको विकल्प नभएको बताएका छन् । जनताको चाहाना र सरकारको कामको काममा तारतम्य मिल्न नसक्दा समाजमा वितृष्णाको वातावरण सिर्जना भएको उनीहरुको भनाई थियो ।उनीहरुले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्...