अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी


काठमान्डौ

नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ ।

अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ ।

त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले बताए ।
अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी तथा स्थानीय निकायहरूमा दिन समेत अनुरोध गरिएको छ ।

विदेशी नागरिकलाई अध्ययन गराउने शैक्षिक संस्था र उनीहरूको गतिविधि अनुगमन गर्न शिक्षा मन्त्रालय तथा ७७ वटै जिल्ला अनुगमन समितिलाई पनि जिम्मेवारी दिएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...