मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु


बुटवल
नेकपा एमालेले शनिबार ७७ वटै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ। जस अन्तर्गत रूपन्देहीको बुटवलमा पनि जागरण सभा सम्पन्न भएको छ।
सभालाई सम्वोधन गर्दै वक्ताहरुले मुलुकको भाग्य र भविष्य वनाउने पार्टी एमाले भएको वताएका छन्।
सभामा वोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले संविधान र लोकतान्त्रको रक्षा गर्न एमालेले देशभर जागरण सभाको आयोजना गरेको वताए।
विश्वकर्माले भदौ ‌२३ वेलुका र २४ गते भएको जनधन र सार्
सार्वजनिक सम्पत्तिको क्षति गर्ने लाई कारवाहीको माग एमालेले उठाएको वताए।
उनले अन्यथा अस्थिरता चाहनेले द्वन्द्व निम्त्याउने सक्रिय भईरहने र मुलुक द्वन्द्व र अस्थिरतामा रहिरहने वताए।
मुलुक लयमा फर्काउन संसद पुनःस्थापना र आवस्यक नितिनियम संसोधन गरि अगाडि बढ्नुपर्ने धारणा राखे।
उनले अहिलेको सरकारले छुट्टयाईएका योजना हरूको पनि वजेट कटौती गरेकोमा खेद प्रकट गरे।


एमालेका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले देशमा संविधान विपरितका गतिविधि भइरहेको र विकृतिको भण्डाफोर गर्न एमाले सडकमा आएको वताए।
गिरीले एमाले नेतृत्वको सरकारलाई विगतमा पनि दुष्चक्र र षडयन्त्र गरि हटाईएको र अहिलेपनि षडयन्त्र पुर्ण विध्वंस गरि हटाईएको वताए।
उनले विकास र सम्वृद्धि हासिल गर्न समय लाग्ने र त्यसतर्फ तत्कालीन एमाले नेतृत्वको सरकारले काम गरिरहेको जनाए।
उनले देश र जनताको विकास र सम्वृद्धिका लागि स्थिर सरकार आवस्यक रहेको र सवै नागरिकले सोच्नु पर्ने धारणा राखे।
एमालेका नेता राजू गुरुङले मुलुक लाई अप्ठ्यारो पर्दा एमाले सदैब अगाडि रहंदै आएको र अहिलेको विषम परिस्थितिमा पनि एमालेले अगुवाइ गर्ने र आम नागरिकले साथ दिनुपर्ने वताए।
युवा संघका पुर्व केन्द्रिय महासचिव सुमन पुरीले एमालेले देश र जनताको भाग्य र भविष्य वदल्न महत्वपूर्ण काम गरेको तर अराजक तत्वहरुले गर्दा कामगर्ने कालु मकै खाने भालु भन्ने उखान जस्तै भईरहेको जिकिर गरे।
नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकगायक लक्ष्मण खड्काले गित गाएर छमछमी नचाएका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थीले गरेका थिए।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...