समाज

संकटकाे बेला नेतृत्वमा एकता र नीतिमा दृढता आवश्यक : शंकर पोखरेल

संकटकाे बेला नेतृत्वमा एकता र नीतिमा दृढता आवश्यक : शंकर पोखरेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटपूर्ण अवस्थामा रहेको बताउँदै राष्ट्रवादी शक्तिमाथि जारी प्रहारका सामना गर्न नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक रहेको औंल्याउनुभएको छ। उहाँका अनुसार चुनौतीपूर्ण परिस्थितिमा सही मार्ग अपनाउन र पार्टीलाई सबल बनाइराख्न सबै कार्यकर्ता र नेताहरूले साझा जिम्मेवारी निभाउनु जरुरी छ। महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘ मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ, यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ, अघि बढौ– सम्भव छ । ’ एमाले महासचिव पोखरेलको यो धारणा पार्टीभित्र एकता, अनुशासन र साझा लक्ष्यतर्फ अग्रसर हुनका लागि मार्गदर्शनको रूपमा लिइएको छ। उहाँले पार्टी कार्यकर्ता तथा नेतृत्वलाई वर्तमान चुनौतीको सामना गर्न एकजुट भएर काम गर्न आग्रह गर्नुभएको छ। ...
चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ । अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय मिडिया आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नक्सामा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ । आजतकले नेपालको नोटमा छापिएको विवादित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुँदा भारतको आपत्ति रहेको जनाएको छ । नवभारत टाइम्सले भारतका तीन क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरेको उल्लेख गर...
स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
कपिलवस्तुकपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो । बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए । ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागिचितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पि...
आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा

आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ । कहिले अध्यक्ष नियुक्तिमा ढिलाइ, कहिले कर्मचारीको आन्दोलनलगायत बहानामा नियमित रूपमा कम्पनीहरूले आईपीओ अनुमति नपाउँदा प्रक्रियामा रहेका कम्पनीको संस्था थुप्रिँदै गएको हो ।विगतमा जलविद्युत् आयोजनाको आईपीओ निष्कासनमा धितोपत्र बोर्डले एजेन्टमार्फत कमिसन मागेको भन्दै ऊर्जा उत्पादकहरू सार्वजनिक रूपमै विरोधमा उत्रिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको थियो । अनुसन्धान अझै टुंगिएको छैन । यद्यपि बोर्डमा आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीको स्चूी हरेक दिन लम्बिँदै गएको छ । हाल आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनी ५४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड पुस २०८० मा अध्यक्षविहीन भएपछि आईपीओको अन...
विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा

विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् । महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर उनले आफ्नो नाम भजाएर विवाद नगर्न सचेत गराएका हुन् ।छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा व्यक्त गरेका थिए ।‘साथीहरू चुनाव अघि र पछि महाधिवेशनको पक्षमा उभिएपछि सभापतिज्यूले हामी सबैलाई हर्कानु भयो‚’ ती नेताले भने‚ ‘सभापतिज्यूले मेरो नाम लिएर पार्टीमा विवाद किन गरिरहेको भन्दै हप्काउनु भयो।’देउवाले आफूले सभापति पदको जिम्मेवारी कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई दिइसकेको र आगामी महाधिवेशनबाट आफू सभापति नहुने दोहोर्‍याएका थिए ।‘अहिले पनि मैले कार्यवाहक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनब...
नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए। बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर ...
एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको रिट सर्वोच्चमा दर्ता

एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको रिट सर्वोच्चमा दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।मंगलबार विघटित प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट सर्वोच्चले बुधबार दर्ता भएको हो । सो रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ ।एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेको छ ।रिटमा प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृ...
आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने...
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थप

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थप

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयावधि चार दिन थप गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताको म्याद मंसिर १४ गतेसम्म बढाइएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ६४ दल दर्ता भइसकेका छन्। यससँगै निर्वाचन आयोगमा दर्ता दलको कुल संख्या १३५ पुगेको छ। यिनैमध्ये निर्वाचन प्रयोजनका लागि विशेष रूपमा दर्ता गराएका दलले मात्र मतपत्रमा स्थान पाउनेछन् । यसअघि निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम म्याद बुधबार सम्म तोकिएको थियो । ...
कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नेताहरू राष्ट्रियसभा गृहमा भेला

कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नेताहरू राष्ट्रियसभा गृहमा भेला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला भएका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशनको माग राख्ने नेताहरूले आफ्नो दृष्टिकोण व्यक्त गरिरहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै संकलन गरेका हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । नेताहरूले आफूहरूको माग अनुसार विशेष महाधिवेशनको आयोजना गर्न दबाब दिने उद्देश्यले भेला भएका हुन् ।गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारद्वारा फागुन २१ गते तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ । त्यही विषयमा छलफल गर्न बिह...