चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी


काठमाडौं

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ ।

अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय मिडिया आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नक्सामा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ ।

आजतकले नेपालको नोटमा छापिएको विवादित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुँदा भारतको आपत्ति रहेको जनाएको छ ।

नवभारत टाइम्सले भारतका तीन क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरेको उल्लेख गरेको छ । दैनिक भास्करले भारत सरकारलाई उद्धृत गर्दै यस्तो दबाबले साँचो कुरो परिवर्तन नहुने लेखेको छ ।
न्युज एट्टिनले नेपालले पुन: भारतलाई उक्साउने हर्कत गरेको लेखेको छ । भारतीय सञ्चारमाध्यम जागरणले नेपाली नोटमा भारतीय क्षेत्रलाई समावेश गरेको उल्लेख गरेको छ । पन्जाबबाट प्रकाशित पन्जाब केशरीले नेपालको नयाँ नोटले विवाद उत्पन्न गरेको लेखेको छ ।

एबीपी न्युज, एण्डडी टिभी, जीन्युज लगायतका ठूला मिडियाले नेपाली भूमिलाई भारत भएको दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन् ।

नेपाली नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको छाप । यस्तै, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको छ ।

नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो कलरको थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवी चित्र अंकित रहेको राष्ट्र बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?

शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

बुटवलमानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध द...
विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

काठमाडौंविश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार करिब २ प्रतिशतले घटेको छ। तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट...
विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

काठमाडौँजारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि श...
तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्...