चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी


काठमाडौं

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ ।

अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय मिडिया आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नक्सामा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ ।

आजतकले नेपालको नोटमा छापिएको विवादित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुँदा भारतको आपत्ति रहेको जनाएको छ ।

नवभारत टाइम्सले भारतका तीन क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरेको उल्लेख गरेको छ । दैनिक भास्करले भारत सरकारलाई उद्धृत गर्दै यस्तो दबाबले साँचो कुरो परिवर्तन नहुने लेखेको छ ।
न्युज एट्टिनले नेपालले पुन: भारतलाई उक्साउने हर्कत गरेको लेखेको छ । भारतीय सञ्चारमाध्यम जागरणले नेपाली नोटमा भारतीय क्षेत्रलाई समावेश गरेको उल्लेख गरेको छ । पन्जाबबाट प्रकाशित पन्जाब केशरीले नेपालको नयाँ नोटले विवाद उत्पन्न गरेको लेखेको छ ।

एबीपी न्युज, एण्डडी टिभी, जीन्युज लगायतका ठूला मिडियाले नेपाली भूमिलाई भारत भएको दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन् ।

नेपाली नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको छाप । यस्तै, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको छ ।

नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो कलरको थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवी चित्र अंकित रहेको राष्ट्र बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...