कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नेताहरू राष्ट्रियसभा गृहमा भेला


काठमाडौँ

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला भएका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशनको माग राख्ने नेताहरूले आफ्नो दृष्टिकोण व्यक्त गरिरहेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै संकलन गरेका हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

नेताहरूले आफूहरूको माग अनुसार विशेष महाधिवेशनको आयोजना गर्न दबाब दिने उद्देश्यले भेला भएका हुन् ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारद्वारा फागुन २१ गते तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।

त्यही विषयमा छलफल गर्न बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । त्यही बैठकको पूर्वसन्ध्यामा उनीहरूले राष्ट्रियसभा गृहमा भेला भएका हुन् ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...