संकटकाे बेला नेतृत्वमा एकता र नीतिमा दृढता आवश्यक : शंकर पोखरेल


काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटपूर्ण अवस्थामा रहेको बताउँदै राष्ट्रवादी शक्तिमाथि जारी प्रहारका सामना गर्न नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक रहेको औंल्याउनुभएको छ।

उहाँका अनुसार चुनौतीपूर्ण परिस्थितिमा सही मार्ग अपनाउन र पार्टीलाई सबल बनाइराख्न सबै कार्यकर्ता र नेताहरूले साझा जिम्मेवारी निभाउनु जरुरी छ। महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘ मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ, यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ, अघि बढौ– सम्भव छ । ’

एमाले महासचिव पोखरेलको यो धारणा पार्टीभित्र एकता, अनुशासन र साझा लक्ष्यतर्फ अग्रसर हुनका लागि मार्गदर्शनको रूपमा लिइएको छ। उहाँले पार्टी कार्यकर्ता तथा नेतृत्वलाई वर्तमान चुनौतीको सामना गर्न एकजुट भएर काम गर्न आग्रह गर्नुभएको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...